• पुजन दाश
    उर्लाबारी । स्वासप्रस्वास रोगबाट पीडित उर्लाबारी—४ किसान रोग निवासी १९ बर्षीया सविना धिमालको उपचारको लागि उर्लाबारी युथ ग्रुप हङकङले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमा आएपछि उर्लाबारी युथ ग्रुप हङकङले नगद १ लाख १६ हजार ३ सय १० रुपैंया आर्थिक सहयोग गरेको हो ।
    हङकङबाट पठाइएको उक्त नगद उर्लाबारीका मेयर खड्ग फागो,ग्लोवल युवा क्लवका सल्लाहकार सर्वजित भण्डारी,ग्रुपका प्रतिनिधी योवाहाङ तुम्बाहाम्फेले विरामी सविना र सविनाका बुवा जितबहादुर धिमाललाई हस्तान्तरण गर्नुभयो । योवाहाङ तुम्बाहाम्फले सहयोगीदाताहरुको नामबली कार्यक्रममा सुनाउनुभएको थियो ।
    मेयर फागोले वैदेशिक रोजगारमा क्रियाशिल यहाँका युवाहरुले आफ्नो पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने दाहित्यसँगै विरामीलाई सहयोग गरेर उदाहरणयोग्य काम गरेको बताउनुभयो । उहाँले उर्लाबारी युथ ग्रुपको कामको प्रशंसा गर्दै सबैलाई सहयोग पु¥याउन अनुरोध गर्नुभयो । आफुले पनि सविनाको उपचारको लागि नोबेल हस्पिटलमा कुराकानी गरेर छुटको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । पत्रकार तेजन खड्काले सन्चालन गरेको कार्यक्रममा समाजसेवी राजन थापा,नरबहादुर मोक्तान,प्रकाश कन्दङ्वा लगायतको उपस्थिती रहेको थियो । सहयोग रकम पाएपछि सविनाको बुवा जितबहादुर धिमालले सहयोगीदाता प्रति धन्यवाद प्रकट गर्दै हर्षका आँशु झार्नुभयो । उहाँले अहिले छोरी उपचारपछि डाक्टरको सल्लाह अनुसार परिवारको सहयोगमा हस्पिटल रिचेकका लागि धाइरहेको बताउनुभयो । छोरीको उपचारका लागि निक्कै खर्चभयो, जितबहादुरले भन्नुभयो, युवाभाईहरुले हाम्रो समस्यामा सहयोग गर्नुभयो, यो गुन तिर्न सक्दिन । उहाँहरुलाई धेरै धन्यवाद दिन चाहान्छु । जितबहादुरका अनुसार छोरीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ, अनि देशविदेशबाट सहयोग आउने सहयोगको प्रतिवद्धता र सहयोगले नयाँ जिवन पाउने आशा पलाएको छ ।

    https://www.youtube.com/watch?v=oyZsQ5eGlTA&t=8s

    उर्लाबारी युथ ग्रुप हङकङ सामाजिक कामका लागि गठित हङकङमा रहेका युवाहरुको संस्था हो । जसले युवाहरुलाई एकिकृत गरेर सामाजिक काम गरिरहेको छ । यसअघि पनि यो संस्थाले उर्लाबारी—४ निवासी सन्त भण्डारीको उपचारमा पनि ५९ हजार १ सय आर्थिक सहयोग गरेको थियो । ३५ सदस्यीय समिति रहेको यस संस्थाको अध्यक्ष शाङ्गेहाङ तुम्बाहाम्फे हुनुहुन्छ । उहाँ नेपाल रहँदा पनि स्थानीय स्तरमा सामाजिक काममा लोकप्रिय युवा हुनुहुन्थ्यिो ।
    सामाजिक काममै क्रियाशिल युवाहरु राकेशचन्द्र राई उपाध्यक्ष,सचिव सन्तहाङ् लिम्बू,सह—सचिव सुर्य लिम्बू,कोषाध्यक्ष दीपेन पोमु र सह—कोषाध्यक्षमा सागर वनेम हुनुहुन्छ । सामाजिक कामलाई निरन्तरता दिने संस्थाको उदेश्य रहेको छ ।

     

    🤝🤝URLABARI YOUTH GRP HK🙏
    For Sabina Dhimal
    सहयोगी मनहरु
    A/c no. 163 855 174 833 HSBC
    Pomu Dipendra Kumar
    ——————————————
    1 Sagar wanem —— $200/-
    2 Surya Limbu —— $205/-
    3 Santahang Limbu. —— $200/-
    4 Santosh Shrestha —— $100/-
    5 Dipen pomu —— $200/-
    6 Sangehang Limbu —— $200/-
    7 Bimala Pandhak —— $200/-
    8 Ritu pandhak —— $200/-
    9 Sailesh Rai(Damak-11) —- $100/-
    10 Kailash Dewan(Dharan-19)-$100/-
    11 Arjun Gurung(Pokhara) - $100/-
    12 Youbraj Gurung —- $100/-
    (Sankhuwasabha)
    13 Dinesh kmr limbu —— $100/-
    (Sankhuwasabha)
    14 Chandra Limbu —- $100/-
    (Terathum)
    15 Rajiv Aveng(Dharan-10) — $110/-
    16 Suresh palungwa ———- $200/-
    17 Indra khapung ————— $200/-
    18 Rakesh Chandra Rai ——- $200/-
    19 Bijay Limbu (thaklung)—— $201/-
    20 Raju Subba Limbu ——— $100/-
    (Sankhuwasabha)
    21 Basanta Ale. ————— $100/-
    (Butwal)
    22 Tej maya Limbu ———— $200/-
    (Dharan-19)
    23 Hemant Krishna Pandhak-$200/-
    24 Utham Tumbahamfe — $500/-
    25 Bimal Tamang —— $200/-
    26 Jharan Limbu —— $200/-
    27 Tek Rai (jhiljhile-jhapa) — $225/-
    (Hal Urlabari-4)
    28 Miwaraja Tumbahamfe — $350/-
    29 Biswa Tumbahamfe —— $200/-
    30 Jina Magar ———— $300/-
    31 Khadga Chongbang —— $201/-
    32 Manab Limbu ———— $100/-
    33 Santa Teyung ———— $201/-
    34 Jiwan Limbus ——— $100/-
    35 Sujan Sendang. ———- $200/-
    36 Shyam Chemjong —— $200/-
    37 Prakash Magar ——— $202/-
    38 Kamal Thapa ————— $105
    39 Dev Gurung(Pokhara) —- $100/-
    40 Indra Limbu(Taplejung) — $101/-
    41 Damber Lawati(Damak)— $110/-
    42 Hari Tamu(Pokhara) —— $105/-
    43 Poon wai kin(spoon) —— $200/-
    (Tuen mun Hong Kong)
    44 Yograj Chongbang ——— $300/-
    (Pathari)
    45 Biran Bhujel ——— $200/-
    46 Raja Tamang ——— $200/-
    ——————

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…