• साउन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बाढीपहिरो पीडित जनाको उद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।

    बुधबारको प्रतिनिधि सभाको बैठकको सार्वजनिक महत्वका विषयमाथिको छलफलमा बोल्दै सांसद रिजालले हेलिकप्टरमा घुमेर फर्किनुभन्दा सहयोग तथा उद्धार गर्नुपर्नेमा जोड दिएका हुन् ।

    विपद्को समयमा प्रतिपक्ष र सत्तापक्ष एकजुट भएर सहयोग गर्न पनि उनले सबैलाई आह्वान गरे ।

    ‘सरकार हेलिकप्टरमा उडेर जनताको विपत्ति हेरेर फर्कने नहोस्, जनताको घरमा पुगेर उद्धार गर्न सक्ने बनोस् । विपत्ति आइराख्ने भएकाले सरकार विपत्ति सकिएपछि पुग्ने होइन । विपत्तिको जोखिम न्यूनिकरणका लागि सरकारले काम गर्ने हो ।’

    असारे विकासमा बजेट खर्च नगरी योजनाबद्ध रुपमा काम गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…