• दमक,८ साउन । ग्याङ्गफाइट हुदाँ झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक वडा नम्बर २ का मानबहादुर सुब्बाको १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको हो ।
    दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा आज दिउँसो २५–३० जनाको दुई समूहका युवाहरुवीच झगडा हुँदा लिम्बु माथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारबाट घाईते लिम्बुको स्थानीय लाईफलाईन अस्पताल दमकमा ल्याउन साथ ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
    झडपमा परि घाईते मध्ये दमक २ का बिक्रम भण्डारीको लाईफलाईन अस्पतालमा उपचार हुन नसकेपछि बिराटनगर रेफर गरिएको छ भने अर्का घाईते दमक ३ का सुजन भुजेलको भने लाईफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।
    प्रहरीका अनुसार यस अघि हिँजो मंगलवार पनि सोही समूहका युवाहरुवीच झगडा भएको थियो । । आज पनि बिहानै देखी सो ठाउँमा समूहमा युवाहरु भेला भएका र अपरान्ह ४ बजे तिर दुई समूहवीच झगडा हुँदा छुरी हानाहान भएको थियो । झडपका कारण खुल्न सकेको छैन् । प्रहरीले घटनामा संलग्नहरुको खोजी कार्य तीव्र वनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…