•  

    काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन्।

    उनले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे।

    ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ। भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने कति दिन सम्म चल्छ?,’ उनले भने, ‘त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ। भारतले डुबान पार्यो भन्छन्। भारतले नेपालले सिध्यायो भन्छ। त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ।’

    कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा स–साना चिया पसल गरी बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे।

    उनले सरकारले बाढी र डुबानमा परी घरवार विहीन भएकालाई उचित वासस्थान र तात्कालीन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए।

    ‘टहरा बनाएर बसेका छन् खाद्यान्न छैन। सरकारको पहिलो कर्तव्य जो बाढी ,पहिरो र डुबानमा परी घरविहीन भएका छन्,’ उनले भने, ‘उनलाई खाद्यान्न, लता कपडा, पाल, ओत दिने काम केही गरेको छैन। केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आईएनजिओहरुले गरेका छन्। तर सरकारबाट कही पनि देखिन। हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन।’

    सिरहा, सुनसरी, रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफूले कही पनि सरकारको उपस्थिति नदेखेको भन्दै उनले ‘दुख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गरे। उनले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न नसकेको दाबी गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…