• काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापालाई व्यंग्य गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा गगनले गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर व्यंग्य गरेका हुन्।

    गृहमन्त्री थापाले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ‘निर्मला प्रकरणहरु हिजो पनि थिए, आज पनि छ र भोलि पनि रहन्छ। यस्ता अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं’ भनेका थिए।

    यसको जवाफमा नेता थापाले बुधबार संसदमा भने, ‘गृहमन्त्रीलाई मेरो अनुरोध छ, हिजो एउटा सन्दर्भमा भन्नुभएको रहेछ, बलात्कार हिजो पनि भयो, आज पनि छ, भोलि पनि रहन्छ। बाढी पहिरोको बारेमा त्यसो नभन्दिनुहोला।’

    बाढी पहिरो तथा डुबानको विषयमा सरकार गम्भीर नभएको भन्दै उनले यो विषयमा गैरजिम्मेवार अभिव्यक्ति नदिन गृहमन्त्रीलाई पहिले नै सचेत गराएका हुन्। विपदको बेलामा आफूहरु सरकारलाई साथ दिन चाँहिरहेको बताउँदै उनले भने, ‘सरकारले लिड गरोस, हामी साथ दिन्छौं।’ नेता थापाले विपदमा परेका सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।

    थापाले सदनको कारवाही कसले रोकेको भन्नेबारे सत्तासीन पार्टीका प्रधानमन्त्री तथा नेताहरुले जानकारी नगराइएको पाइएकाले सूचनार्थ जानकारी गराउन सभामुखलाई आग्रह समेत गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…