• बन्धक बनाएर विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
    बन्धक बनाएर विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    पोखरा : घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।

    कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।

    पोखराको फेवाताल किनार (लेकसाइड) डिहिकोपाटनस्थित होटल कन्ट्रीयार्डमा ल्याई बालिकाले प्रयोग गर्ने मोबाइलसमेत निउन्त्रणमा लिई ८ दिनदेखि कोठामा राखी जबरजस्ती करणी गरेको आरोपमा शिक्षक कानोडिया पक्राउ परेका हुन्।

    अभिभावकले पोखरामा ल्याएको हुन सक्ने भन्दै दिएको सूचनाको आधारमा कास्की प्रहरीले बालिकालाई बन्धक बनाइ राखेको अवस्थामा होटलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

    शिक्षक कानोडियाले बालिकालाई शैक्षिक भ्रमण हुन्छ। घुम्न पनि हुने ज्ञानगुन पनि हुने भन्दै फकाएर पोखरा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कनोडियालाई पक्राउ पछि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक केसीको भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…