• वि.सं. २०७६ श्रावण ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ जुलाई २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : गोरखकाली पूजा, श्रावण कृष्णपक्ष (दिल्लागा) अष्टमी तिथि, दिउँसो ०२:५७ बजेसम्म, त्यसपछि नवमी तिथि, अश्विनी नक्षत्र, दिउँसो ०२:३४ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), धृति योग, बिहान ०७:०८ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा कौलव करण दिउँसो ०२:५७ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०३:१३ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२३ बजे, सूर्यास्त : साँझ ०६:५६ बजे, दिनमान : ३३ घडी ५२ पला (१३ घण्टा ३३ मिनेट, रात्रीमान : २६ घडी ०८ पला (१० घण्टा २७ मिनेट)

    आजका लागि अशुभ समय :–
    राहु काल : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म, यमघण्ट : बिहान ०५:२३ देखि ०७:०५ सम्म, गुलिक काल : बिहान ०८:४६ देखि १०:२८ सम्म, काल वारवेला : दिउँसो ०३:३३ देखि ०५:१४ सम्म, रोग वारवेला : बिहान ०७:०५ देखि ०८:४६ सम्म

    आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
    शुभ वारवेला : साँझ ०५:१४ देखि ०८:१४ सम्म, लाभ वारवेला : दिउँसो १२:१० देखि ०१:५१ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
    मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

    शुभरङ्ग : हलुका रातो

    शुभअङ्क : ५

    शुभदिशा : पूर्व

    इष्टदेवता : गणेश

    अशुभ रङ्ग : हरियो

    अशुभ अङ्क : ८

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

    न्यूनतम जापसङ्ख्या : १०

    के गर्ने : मन उत्ताउलो नबनाउने

    के नगर्ने : हतारमा निर्णय

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक क्षमताको कदर हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन, घरमा अतिथिको आगमन हुनसक्छ । सार्वजनिक हीत र परोपकार क्षेत्रमा लगानीको समय छ, दानपुण्यबाट यश र सम्मान प्राप्त गर्न सकिने छ । नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ ।

    शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

    शुभअङ्क : ८

    शुभदिशा : उत्तर

    इष्टदेवता : कालभैरव

    अशुभ रङ्ग : हरियो/चम्किलो

    अशुभ अङ्क : ७

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

    न्यूनतम जापसङ्ख्या : १९

    के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

    के नगर्ने : याचकको अपमान

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
    शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

    शुभरङ्ग : सेतो वा सुन्तले

    शुभअङ्क : ७

    शुभदिशा : पश्चिम

    इष्टदेवता : शिवजी

    अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

    अशुभ अङ्क : ६

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

    न्यूनतम जापसङ्ख्या : २३

    के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

    के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
    कर्मसिद्धिको समय छ । हाँके/ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।

    शुभरङ्ग : नीलो

    शुभअङ्क : ६

    शुभदिशा : दक्षिण

    इष्टदेवता : भोलेशङ्कर

    अशुभ रङ्ग : कलेजी

    अशुभ अङ्क : ५

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

    न्यूनतम जापसङ्ख्या : २३

    के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

    के नगर्ने : उदासीनता/नैराश्यता

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    भाग्यमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । हिम्मत र आत्मबल बढाएर अघि बढेमा सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । भाग्योन्नतिको समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

    शुभरङ्ग : बैजनी वा पहेंलो

    शुभअङ्क : १

    शुभदिशा : पूर्व

    इष्टदेवता : विष्णु

    अशुभ रङ्ग : चम्किलो/उज्यालो

    अशुभ अङ्क : ४

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

    न्यूनतम जापसङ्ख्या : १९

    के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

    के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आयुक्षेत्रमा चन्द्रमा छ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छिटो प्रतिफल आउने काममा हात नहाल्नु राम्रो हुनेछ । पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।

    शुभरङ्ग : ध्वाँसे

    शुभअङ्क : ४

    शुभदिशा : उत्तर

    इष्टदेवता : सङ्कटा देवी

    अशुभ रङ्ग : हरियो

    अशुभ अङ्क : ३

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

    न्यूनतम जापसङ्ख्या : १०

    के गर्ने : नैराश्यभाव त्याग गर्ने

    के नगर्ने : तीव्रगति र हडबड

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
    एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।

    शुभरङ्ग : सुन्तले

    शुभअङ्क : ३

    शुभदिशा : पश्चिम

    इष्टदेवता : विष्णुलक्ष्मी

    अशुभ रङ्ग : पहेंलो

    अशुभ अङ्क : २

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

    के नगर्ने : परिवारको बेवास्ता

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
    तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।

    शुभरङ्ग : छिर्केमिर्के बुट्टे

    शुभअङ्क : २

    शुभदिशा : दक्षिण

    इष्टदेवता : गणेश

    अशुभ रङ्ग : सुन्तले/गुलाबी

    अशुभ अङ्क : १

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

    न्यूनतम जापसङ्ख्या : ०८

    के गर्ने : खानपानमा नियन्त्रण

    के नगर्ने : आवेग, घमण्ड र क्रोध

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
    पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।

    शुभरङ्ग : गाढा हरियो

    शुभअङ्क : ५

    शुभदिशा : पूर्व

    इष्टदेवता : सूर्यदेव

    अशुभ रङ्ग : कालो

    अशुभ अङ्क : ३

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

    न्यूनतम जापसङ्ख्या : ०७

    के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

    के नगर्ने : अल्छी र अकर्मण्यता

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    संयम हुँदै धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भएको जाति हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना पनि छ । बन्दव्यापारमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ । दूरदराज वा विदेशमा भएका आफन्तजनसँग भने भलाकुसारी गर्न पाइने छ ।

    शुभरङ्ग : गाढा रातो

    शुभअङ्क : ८

    शुभदिशा : उत्तर

    इष्टदेवता : शिवर्पावती

    अशुभ रङ्ग : गाढा नीलो

    अशुभ अङ्क : २

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

    के नगर्ने : गोपनीयता भङ्ग

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

    शुभरङ्ग : गाढा हरियो

    शुभअङ्क : ७

    शुभदिशा : पश्चिम

    इष्टदेवता : हनुमान्

    अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

    अशुभ अङ्क : १

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

    न्यूनतम जापसङ्ख्या : ०८

    के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

    के नगर्ने : साथीभाइको बेवास्ता

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
    मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । बोलीमा संयमता अपनाउनु होला । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने छैन । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन ।

    शुभरङ्ग : सेतो वा उज्यालो

    शुभअङ्क : ६

    शुभदिशा : दक्षिण

    इष्टदेवता : लक्ष्मी माता

    अशुभ रङ्ग : पहेंलो

    अशुभ अङ्क : ९

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

    के नगर्ने : बोलीवचनमा कडापन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…