• काठमाडौं । नेपालमा चलेका र केही फिल्मको तयारीमा रहेका हिरोइनहरू पर्दामा भन्दा सामाजिक सञ्जालमा चल्न थालेका छन् ।कुनै खास तर्क वा आर्दशका विषयमा नभएर मस्ती गरेका, घुमेका, नुहाएका वा समुद्री तटमा पुगेका तस्बिरका कारण नेपाली हिरोइनहरू चलिरहेका हुन् ।

    कतिपयले भने आफ्ना दैनिकीको सुरुआत, शारिरीक व्यायामलगायतका तस्बिर र अन्तरवार्ताका कारण चलेका छन् भने कतिपय नीजि जीवनलाई बजारीकरण गरिरहेका छन् ।

    यसै सातामा सबैभन्दा बढी चर्चा भयो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको । उनले इन्डोनेशीयाको बालीमा प्रेमी दिवांश राणासँगका अन्तरंग तस्बिर सार्वजनिक गरिन् ।

    उनका तस्बिर भाइरल भएपछि प्रत्युत्तरमा उनले लेखेकी थिइन्,‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’ यो प्रतिक्रियाका कारण पनि उनको चर्चा भयो ।

    यस्तै अभिनेत्री केकी अधिकारीका जिम सेन्टरका तस्बिरहरूले सञ्जाल तताए । उनका तस्बिरहरू विभिन्न अनलाइन समाचार पोर्टललगायतले व्यापक बनाएका थिए ।

    उता, हङकङमा कार्यक्रमका लागि पुगेकी अभिनेत्री नम्रता सापकोटाको विकिनी तस्बिरले पनि सञ्जाल ततायो । समुद्री तटमा उनी निक्कै मस्ती गरिरहेका तस्बिर सार्वजनिक गर्न उद्दत भइन्।

    केही दिन अघि मात्र अभिनेत्री सुष्मा कार्कीले स्विमिङ पुलमा नुहाएको तस्बिर सामाजिक सञ्जालमा राखिन् । त्यसले पनि बर्षायामको मौसममा सामाजिक सञ्जाल तातो बनायो । उनले पनि खरो प्रतिक्रिया दिँदै लेखिन्,‘अरुको फेसबुकबाट फोटो तानेर कमाई खानेहरू ।’

    केही महिनाअघि अभिनेत्री बर्षा राउतको क्लिभेज तस्बिर भाइरल भएको थियो । अस्ट्रेलिया पुगेका बेला उनको त्यो तस्बिर सार्वजनिक भयो । तर, उनले यस विषयमा कुनै खरो प्रतिक्रिया भने दिइनन् ।

    मिडियामा चर्चा सेलाउन थालेपछि हिरोइनहरूले यस्तो जुक्ति गर्दै आएको धेरैको बुझाई छ । मिडियाबाट पनि हराउन थालेपछि चर्चा कम हुने र कामका लागि कसैको दृष्टि पर्न नसक्ने आँकलनका आधारमा हिरोइनहरू यस्तो हर्कतमा उत्रिन्छन् ।

    एक निर्माता भन्छन्,‘यो हलिउड र बलिउडका अभिनेत्रीहरूको सिको पनि हो । जसका कारण चर्चामा रहन सकिन्छ भन्ने विश्वास उनीहरूमा पलाउँछ ।’

    त्यसो त पर्दामा तत्काल आउने कुनै लालसा नभएका अभिनेत्री पनि सञ्जालमा भने सक्रिय रहेको देखिन्छ । त्यसको उदाहरण हुन् बिहे गरी बेल्जियमतिर बसेकी अभिनेत्री, गरिमा पन्त । पन्त इन्स्टाग्राममा अर्धनग्न तस्बिर राख्ने पहिलो सूचीमा पर्न थालेकी छन् ।

    ‘प्रत्यक्ष नभए पनि परोक्ष हिसाबले पनि आफ्नो चर्चा कम नहोस् भन्ने ठानेर हिरोइनहरूको यस्तो काम जारी रहेको हुनसक्छ’, एक निर्देशक बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…