• तौलिहवा । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा प्रदेश सभा सदस्यका उम्मेदवार देवराज भारती, तत्कालीन तमलोपाका केन्द्रिय सदस्य घनश्याम तिवारी, अखण्ड नेपालका कार्यवाहक जिल्ला अध्यक्ष बमबहादुर केसी, विवेकशील साझा पार्टीका जिल्ला संयोजक कृष्ण पराजुली लगायतका जिल्ला स्तरीय नेताहरु कांग्रेस प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस कपिलवस्तुले शिवराज नगरपालिका वडा नं ११ चनईमा आयोजना गरेको पार्टी प्रवेश तथा आम सभा कार्यक्रममा उनीहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन् । सो अवसरमा राप्रपाबाट शिवराज नगरपालिका वडा नं ११ का वडा अध्यक्ष पदका उम्मेदवार केशरी जयसवाल, शिवराज नगरपालिका वडा नं। ११ का नेकपाबाट वडा अध्यक्षका उम्मेदवार विजय सिंह चौधरी, शिवराज नगरपालिका वडा नं ३ का नेकपाका वडा अध्यक्ष पदका उम्मेदवार सुनिल चौधरी पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    यसैगरी शिवराज नगरपालिका वडा नं। ११ का नेकपा सचिव केम प्रसाद वेलवासे लगायतका अन्य विभिन्न पार्टीका १ हजार बढी नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…