•  

    विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दुई बर्षे कार्यकालमा जति काम गरेर देखाए त्यस पछिका समयमा अझ जनताको मन छुने काम गरेर आफ्नो परफरमेन्स बढाउदै गएका छन । चाहे विकास निर्माणका कार्य किन नहोस चाहे सामाजिक कार्यमा उनको सक्रियता बढदै गएको छ ।
    यूवा नेता पराजुलीले नगरको आवश्यकतालाई गहिरो चिन्तन गर्दै अत्याधिक समय विकास निर्माण कार्यमा खर्च गर्न थालेपछि उनको आलोचना गर्नेहरूको मुख नराम्रो सँग बन्द भएको छ । मेयरलाई असफल गराउने धेरै प्रयास भए तर उनले आफ्नो अड्डी छोडेनन र जनताकै काममा तत्पर देखिए एक नागरिक अगुवाले भने ,“ त्यसपछि आलोचना गर्नेको मुख बन्द भएको हो ।”
    मेयरको सपथ खाएदेखीनै यूवा लक्षित कार्यक्रम ल्याउने प्रण गरेका उनले वुधवारदेखी विराटनगरका विभिन्न चौकमा फ्रि वाईफाई जोन बनाएका छन । कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरुपमा पहिलो चरणमा फ्रि वाईफाई उद्घाटन उनले गरे ।

    सञ्चारको युगलाई अझ फराकिलो बनाउने उदेश्य अनुरूप वाईफाई जडान गरिएको बताउदै उनले भने ,“चुनावी घोषणापत्रमा समेत वाईफाई जोन निर्माण गर्ने प्रतिवद्धता गरेको थिए ।” आफुले प्रतिबद्धता गरेका सवै योजना पुरा गर्दे जाने संकल्पका साथ कामहरु भइरहेको पराजुलीको दावी थियो । पहिलो चरणमा विराटनगरको पुष्पलाल चोैक ,राजबंशी चौेक ,ठूलो मिल चोैक ,कञ्चनवारी ,कोशी अस्पताल ,मालपोत कार्यालय,जिल्ला प्रहरी कार्यालय ,भृकुटी चौक ,विराटनगर एरपोर्ट ,विराटनगर बसपार्क,जिल्ला प्रशासन कार्यालय ,बरगाछी चोैक ,हनुमान मन्दिर र ट्राफिक चोैक लगायत १४ स्थानमा वाईफाई जडान गरिएको छ ।

    प्रत्येक चोकमा २ सय देखी ५० जना सम्मले बाईफाईको प्रयोग गर्न सक्ने छन् । विराटनगर महानगर भित्र तत्कालेै ३२ चोकहरुमा वाईफाई जडान गरिने छ भने दोस्रो चरणमा नगरका विभिन्न थप ५० चोैकहरुमा वाइफाई जोडिने लक्ष्यका साथ काम भइरहेको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । कार्यक्रममा वल्डलिङ्क कम्युनिकेशनका प्रेमप्रसाद घिमिरे ,वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो । ं महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…