•  

    काठमाडौं । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ धरानमा च्यारिटी शो गरिने भएको छ ।
    धरानमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका २०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए । धरानको गोर्खा सिनेप्लेक्समा साउन १८ गते शनिबार बिहान ९ बजेको शो गरिने भएको संयोजक अछामीले बताए ।

    चलचित्रका निर्देशक भीषण राई समेत सोही ब्याचका विद्यार्थी भएकाले पुराना साथीहरूको जमघटसँगै अपाङ्गता भएका सहपाठीको सहयोगार्थ च्यारिटी गर्न लागेको आयोजकले बताएको छ ।

    चलचित्र ‘पुरानो बुलेट’ चैत १ गते अलनेपाल प्रदर्शन भएको थियो । चलचित्रलाई विरेन साम्बा, अशोक साम्पाङ, दिपेन लिम्बु र टिकाराम राईले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता÷कथाकार भने सन्तोष राई हुन् ।

    पुरानो बुलेट हङकङ, कोरिया र जापान लगायतका देशहरुमा प्रदर्शन भइसकेका छन् भने अमेरिका र सिंगापुरमा प्रदर्शन हुने तयारी भइरहेको क्रेजी इन्टरटेनमेन्टले जानकारी दिएको छ । चलचित्र यसअघि नेपालको चतरामा पनि च्यारिटी शो भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…