• साउन ९, २०७६ काठमाडौं :

    सत्तारुढण दल नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागमा कुरा मिल्न नसक्दा सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षले पर्याप्त गृहकार्य गर्न नसकेको भन्दै साउन ७ गतेका लागि डाकिएको सचिवालय बैठक आज (बिहीबार) का लागि सारिएको थियो।

    आज डाकिएको सचिवालय बैठक नेकपाका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा नेताहरु व्यस्त हुनुपरेको भन्दै स्थगित गरिएको हो । तर नेताहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दाबी गरेको स्कुल विभागमा दुई अध्यक्ष निचोडमा पुग्न नसक्दा सचिवालय स्थगित भएको हो।

    विभाग प्रमुखहरुको टुंगो लगाउन दुई अध्यक्षले गृहकार्य नपुगेको बताएपछि सचिवालय बैठक स्थगित भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेले दुई अध्यक्षले विभाग प्रमुखहरुबारे निर्णय लिइनसकेकाले बैठक स्थगित भएको बताए ।

    नेकपामा अन्य विभागहरुमा ठुलो विवाद छैन। तर स्कुल विभागमा भने गुटगतरुपमा विवाद सतहमा आएको छ। पूर्वमाओवादी समूहले इश्वर पोखरेललाई अस्वीकार गर्ने बताइएको छ। यता पोखरेलसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दाबी गरेपछि दुवै नेताको विकल्प खोजिएको हो । विकल्पका रुपमा वरिष्ठ नेता झलनाथ खनालको नाम चर्चामा आएको थियो । तर अहिले अध्यक्षले नै स्कुल विभाग राख्ने निचोडतर्फ पुगेका छन्।

    http://ratokalam.com/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%87%e0%a4%b2-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%b8/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…