• रातोकलम अनलाइन।
    क्वालालम्पुर,साउन-९

    नेपाल आदिवासी जनजाती महासघ रास्ट्रीय समन्वय समिति मलेशियाले २५ औं विश्व आदिवासी जनजाति दिवस मनाउने भएको छ। जातीय संघसंस्थाहरुको छाता संगठन महासंघले आदिवासी दिवस तथा महासंघको वार्षिकोत्सब अगस्ट ११ तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित नेपाली राजदुतावासको सभा हलमा मनाउने भएको हो।

    अघिल्लो बैठकमा अगस्टको ४ तारिख आईतवार मनाउने भनिएको कार्यक्रम विविध समस्याका कारण ११ तारिख अगस्टमा गर्ने भएको छ। दुतावासको सभाहलमा कुनै पनि कार्यक्रम गर्न लागेको नेपाल अादिवासी जनजाति महासंघ मलेसिया पहिलो संस्था समेत हुने साथै कार्यक्रम भव्य र ऐतिहासिक बनाउने समेत महासंघका सल्लाहकार विपिन राईले बताउनुभयो ।

    उक्त दिन विभिन्न जातीय संघसंस्थाको उपस्थिति संगै जातीय मौलिकता झल्कने झाकी/ नृत्य समेत हुने तथा कार्यक्रमका लागि अन्य आवश्यक तयारी समेत तिव्र रुपमा भइरहेको जनजाति महासंघ मलेसियाका महासचिव सविन लोप्चन तामाङले बताएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…