• रातोकलम अनलाइन!
    साउन-९ क्वालालम्पुर!

    नेपालले मलेसियाको श्रवाक स्थित कुचिङ स्टेडियममा जुलाई १९ देखि २१ सम्म भएको 'श्रवाक चिफ मिनिस्टर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा' एक सुवर्ण, दुई रजत र ८ कास्य पदक जीतेको छ ।

    उक्त प्रतियोगितामा सुप्रिमा बजगाईले फाईट तर्फ महिला ३७ केजी तैल समुहको फाईनल खेलमा यताईल्यण्डकी स्वान्चुलाई हराउदै संवरण पदक जीतेकि हुन । साथै ४७ केजि मुनिको खेलमा पुजा कुवरले मलेसियाकि वान सुइसंग पराजित हुँदै कास्य हात पारेकि थिइन र जुनियर फाईटरमा अमर भुजेलले ७३ केजी मुनीको फाईनल खेलमा ताईपेइका रिसानुसंग पराजित भै कास्य पदक मै चित्त बुझाएको थियो ।

    यसै प्रतियोगितामा ३७ केजीको खेलमा अलिसा सुनुवारले,४५ केजीमा अभिषेक कटुवाल, ६२ केजीमा बिमल लामा, २९ केजीमा बिशन गुरुङ, ५१ केजीमा आस्था दाहाल, ३३ केजीमा कृतिक भण्डारी, ३३ केजीमा क्रिस थापा र सिगल फुन्समा ११ बर्ष उमेर मुनीमा रुपसना मगरले कास्य पदक जीतेको छ ।

    नेपाली टिम म्यानेजर महेश्वर नेपाल, प्रमुख प्रशिक्षक कुमार लामा घिसिङ, प्रशिक्षक सरोज तामाङ र प्रशिक्षक कुमार तामाङको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो ।यस प्रतियोगितामा खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको टिम म्यानेजर महेश्वर नेपालले बाताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…