• गोपाल काफ्ले

    पथरी । साउन ५ गते आईतबार रातको करिव ११ बजे घरबाट साथीहरुले लिएर गएका अनिस कार्कीको ४ दिन पछि मृत अवस्थामा शव फेला पर्यो । बुधबार दिनको २ बजे बक्राह र नुनसरी खोलाको बगरमा कार्कीको शव निबस्त्र अवस्थामा फेला परेको थियो । पोष्टमार्टम गर्न मोरङको मंगलबारे अस्पतालमा राखेको शवको पोष्टमार्टम हुन सकेन । डाक्टरले जटिल केश भएको भन्दै पोष्टमार्टम गर्न नमानेपछि अस्पतालमा तनाव सिर्जना भयो । अन्ततः ४ दिन पछि शुक्रबार पोष्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

    १८ बर्षीय कार्की सानैदेखि मिक्लाजुङ ९ मधुमल्ला चौकमा मावला बस्दै आएका थिए भने फागुनमा बिवाह गरि नजिकै श्रीमतीका साथ डेरा बस्दै आएका थिए । कार्कीलाई साथी संदिप नेपाली र विशाल ऋषिदेवले रातको १० बजे लगेको मृतककी श्रीमती बताउछिन । भोलि पल्ट श्रीमान नआएपछि संदिप नेपालीलाई सोध्दा काठमाडौ गएको भन्दै ढाटेर आफ्नो मोवाइर्ल समेत नेपालीले लगेको उनको श्रीमती बताउछिन । शव झट हेर्दा खोलाले बगाएको नभएर कसैले कुटेर हत्या गरेको हुन सक्ने मृतकका दाई बताउँछन ।

    https://www.youtube.com/watch?v=ykKEa4HqxII

    शरीरभरि निलडाम भएको, टाउकोमा गहिरो चोट र निर्वस्त्र अवस्थामा खोलामा माछा मार्नेले भेटेको आमाले बताईन । घरबाट हराएको ४ दिन पछि खोलामा भेटिएको शवमा कहि कतै बालुवा र माटो लागेको छैन ।

    खोलाको बगरमा शव भेटिएकाले थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक रामप्रसाद तिम्सिनाले बताए । घटना केहि शंकास्पद संकेत भएकाले अनुसन्धान भएको र आजै पोष्टमाटम गरिने रिपोर्ट आएपछि थप अगाडी बस्ने तिम्सीनाले बताए । कार्कीलाई लिएर जाने विशाल ऋषिदेव भने हाल सम्म फेला परेका छैन्न भने संदिप नेपालीलाई प्रहरीले मोटरसाईकलमा भाग्दै गर्दा समातेको स्थानीयको भनाई छ ।

    https://www.youtube.com/watch?v=ueGS1a8Jwho&t=14s

    यता पोष्टमार्टमका लागी मंगलबारे अस्पतालमा राखिएको शव भने डाक्टरले हेरेर गर्न नमाने पछि तनाव सिर्जना भएको छ । डाक्टरले शवमा केमिकल लगाएर कपाल समेत चिरफार गर्ने भन्दै भित्र परेको र नसक्ने भनेर बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा लानु भन्दै पन्छिएको मृतकका काका मानबहादुर कार्की बताउँछन ।

     

    सबै तयारी गरेपछि कपाल समेत खौरिएको शवमा कसैको एक कल फोनमा पोष्टमार्टम नगरेको आमाले बताईन । यता शवको दाहसंस्कारको लागी चिता बनाएको र सबै तयारी भएको आमाले बताईन । शव पोष्टमाटम गर्ने डाक्टर एलिजा तन्डुकारका अनुसार कुनै दवावका कारण नभएर विशेषज्ञ डाक्टर नभएको त्यसमा पनि शव अलिक जटिल भएकाले धरान रेफर गरेको बताईन । सोही अस्पतालको अर्का डाक्टर योगेस मण्डलका अनुसार आफुहरु एमबिबिएस मात्र भएको भन्दै आफ्नो नलेजले सक्ने मात्र गर्ने त्यो भन्दा माथिको केश भएकाले रेफर गर्नु पर्ने हुन्छ त्यसैले रेफर गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…