•  

    कानेपोखरी । कानेपोखरी मोरङ्ग निबासि समाजसेवि देवेन्द्र लुईटलले आफ्नो एकल लगानीमा मुसलमान समुदायको लागि इदगाह निर्माण गरिदिनुभएको छ ।
    रमादानमा खुला आकाश मुनी नवाज पढ्न र कुरवानीको मासु भाग लगाउने ठाँउको लागि ५० हजार लागतमा उहाँले सो इदगाह निर्माण गरिदिनुभएको हो ।

    गतबर्ष पनि आफ्नो गाउँपालिका लगायत छिमेकी गाउँपालिकाका मुसलमान समुदायको लागी सामुहिक बक्रईद मनाउन ६३ हजार नगद जुटाईदिएका थियो ।
    मुसलमान समुदायलाई धार्मिक परम्परा अनुसार नवाज पढन मस्जिदको आबस्यकता पर्ने र मस्जिद कानेपोखरी गाँउपालिकामा छैन् । यहि समस्यमालाई मध्यनजर गर्दै नवाज पढ्न अन्यत्र मज्दिमा जानु पर्ने बाध्यता हटाउन निर्माण गरिन लागेको समाजसेवी लुईटेल बताउनुहुन्छ ।
    कमजोर आर्थिक अबस्था भएकोले रोजगार गर्न अर्काकोमा जानुपर्ने सो समुदायले ज्यादै दुःख झेलि रहेका थिए । सो गुनासो पटक पटक उनिहरुले लुईटेललाई सुनाई रहन्थे । त्यसै अनुरुप मुसलमान समुदायले लुईटललाई सहयोग जुटाईदिन अनुरोध गरेका थिए ।
    समाजसेवी लुईटेलको पहलम साउदी अरव को रियाद निवासी अब्दुल्लाहा अलहरवीलाई कानेपाखरी गाउँपालिकाको लागि मस्जिद निर्माणको लागि स्थलगत निरिक्षण गराईएको छ । निरीक्षणका क्रममा नेपाली काँग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, सोही वडाका वडा अध्यक्ष किर्तिमान मादेन, सदस्य सुमन नेउपाने, समाजसेविहरु तथा अन्य सामाजीक व्यक्तित्वको उपस्थिती थियो।मस्जिद बनाउन आबश्यक रकम १० लाख लागतमा मस्जिद निर्माण गर्ने तयारी भएको समाजसेवी लुईटेलले बताउनुभयो । स्थानीय सजित मियाले समाजसेवी लुईटेलको सहयोग र पहलप्रति खुशी प्रकट गर्नुभयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…