• छिमेकी युवतीसँगको सहबास श्रीमतीले देखेपछि श्रीमान भाग्दा लडेर मृत्यु

    काठमाडौं-पछिल्लो समय समाजमा यौनजन्य क्रियाकलाप ठूलो समस्याका रुपमा देखा परेको छ । बलात्कारका घटना बढेका छन् भने यौन जन्य गतिविधिकै कारण धेरैको ज्यान पनि जाने गरेको छ । यस्तै घटना गुल्मीमा पनि घटेको छ । जहाँ सहबासकै कारण एक पुरुषले ज्यान गुमाउनु परेको छ ।

    गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरी बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

    स्थानीयका अनुसार राती घर्ती डेरा नजिकै अर्कैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंकामा उनकी श्रीमती खोज्दै आएर बाहिरबाट ढोका लगाई दिएपछि भाग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…