• झापा। करेन्ट लागेर शक्त घाइते भएका गौरादह नगरपालिका वडा न. ४ का राजु कुर्मीले सहयोगका लागि याचना गरेका छ्न। गत वैशाखको ११ गते घर वायरिङ गर्ने शिलशिलामा उनलाई हाई भोल्टेज करेन्ट लागेको थियो।

    आर्थिक अवस्था कमजोर भएका कुर्मी परिवारलाई यतिबेला आर्थिक संकट परेको छ। `तीन महिना देखि अस्पताल राखेर उपचार भईरहेको छ, घर खेत सबै बेचिसक्यौं ´, उनका बाबू गणेश कर्मिले भने , ` अहिले सम्म १७ लाख खर्च भईसक्यो, अब पैसा जोहो गर्ने कुनै उपाय छैन। ´

    राजुको बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ। `हामी त सुकुम्बासी भयौं, अब अझै दुई लाख जति रकम अपुग छ, कहाँबाट ल्याउने हो´, उनका बाबुले दुखेसो पोखे।

    यतिबेला कुर्मी परिवारलाई दोहोरो दु:ख परेको छ। सुगर रोगले थलिएकी उनकी छोरीको गत असार २३ गते निधन भयो। `एकातिर छोरा अस्पतालमा छट्पट्याईरहेको छ, त्यसमा झन छोरीको निधनले हामीमा ठुलो आघात परेको छ´, गणेशले भने।

    `तत्काललाई दुईलाख रुपैयाँ भए छोरा अस्पतालबाट `डिस्चार्ज´ हुन्थ्यो, `फलोअपका´ लागि अरु उपाय गर्ने थिए´, कुर्मीले आशु पोख्दै भने। सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८१४०३११७६ मा सम्पर्क गर्न सक्नुहुनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…