• राजु पोखरेल

    झापा । बाथरुममा नुहाउदै गरेको अबस्थामा बाथरुम फोरेर उस्लाइ नग्न अबस्थामा निकाली त्यो बाहिर बसेको शिव संग जबर्जस्त राखेर नग्न फोटो खिच्यो र सोही प्रमाण देखाएर डिबोर्स दिन्छु भन्दै बाटो लाग्यो ।

    समाजमा अजिव अजिव खालका घटनाहरु घट्ने गरेका छन् । जो कोहिलाई आश्चर्य लाग्न सक्छ आफ्नै श्रीमानले डिभोर्सको लागि यति तुच्छ कार्य गर्ला भनेर । घटना

    शिवसताक्षी न. पा. वार्ड नंं. ८ को हो । सोही ठाउँ बस्ने राज भन्डारीले भद्रपुर निबासी रमिता पोखरेल संग हेरी बुुुुझी योग्य ठहर्‍याएर बैसाख १८ गते मागी बिबाह गरे। बिबाह पश्चात् दुलहन फर्काउने, सम्धी भेट गर्ने सबै प्रक्रिया सामान्य ढंगबाट सम्पन्न भयो। बिबाह भएको २ महिना बिते पछि उसलाई श्रीमती चित्त बुझेन। उस्ले श्रीमतिलाइ फकाइफुल्याइ माइत लगेर छोड्यो। श्रीमती माइत लगेर छोड्दा सबै गर गहना खोलेर माइत बाट दिएको एकजोर कुर्ता सुरुवाल लगाएर माइत पुर्‍यायो। माइत पुर्याउनु भन्दा अगाडिनै उसले श्रीमतिको फेसबुक बाट मेसेन्जर आफ्नो मोबाइल मा खोल्न लगायो। लग आउट गर्न दिएन। माइत पुर्‍याएको श्रीमतिको मेसेन्जर आफ्नो मोबाइल बाट चलाउदै रमिताको फ्रेन्डमा रहेको पन्डित शिबलाइ सेक्सुअल च्याट गर्न थाल्यो। श्रीमती बनेर च्याट गर्दै शिबलाइ शारिरिक सम्बन्धको लागि बोलायो। पण्डित शिव साच्चै रमिताले बोलाएको भ्रममा परि रमिताको माइती घर पुग्यो । दिउसोको समयमा रमिताको बुवा आमा अफिस गएको मौका थियो भने यता च्याट गरेर मुर्गा फसाउन खोज्ने रमिताको श्रीमान ८/१० जना मानिस लिएर आफ्नै ससुराली घर घेर्न पुग्यो। त्यो शिव भन्ने केटो घर बाहिर बसि रहेको थियो। उता रमिता बाथरुममा नुहाउदै गरेको अबस्थामा बाथरुम फोरेर उस्लाइ नग्न अबस्थामा निकाली त्यो बाहिर बसेको शिव संग जबर्जस्त राखेर नग्न फोटो खिच्यो र सोही

    प्रमाण देखाएर डिबोर्स दिन्छु भन्दै बाटो लाग्यो। घटनाको बारेमा तुरुन्तै जानकारी पाएको प्रहरीले अभियुक्तलाई पक्रीएर भद्रपुर डिएस्पी कार्यालयमा पुर्याइयो । प्रहरीले आफ्नै श्रीमतीलाई बलात्कार गर्न कोशिश गर्ने शिव विरुद्ध मुद्दा हाल्न सल्लाह दिदा समेत उसले आफ्नी श्रीमती बिरुद्ध भएको अपराध विरुद्ध मुद्दा हाल्न मानेन। उल्टै डिभोर्स को धम्की दिदै घर तर्फ लाग्यो। श्रीमतिको फेसबुक आइडी चोरेर अपराध गर्ने राज लाई साइबर क्राइमको मुद्दा हाल्न सल्लाह दियो । बिद्दुतिय अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेर काठमाडौ चलान गरे र अर्को उसको मिलेमतोमा रमिताको घरमा आएको पन्डित भनिने शिबलाई जबर्जस्ती करणी अन्तरगत मुद्दा दर्ता गरि हिरासत मा राखिएको छ। रमिताको पति भनिने व्यक्ति अहिले काठमाडौ जिल्ला अदालत बाट २५ हजार धरौटिमा तारिकमा छुटेको छ। आफ्नै श्रीमान संग बस्दा ज्यानको खतरा हुने देखेर रमिताले जिल्ला अदालत झापामा खाइपाइ जिबिका सहित अंश मुद्दा हालेकी छन। उक्त मुद्दाको सुनुवाइ आगामी भाद्र ५ गते हुने बताइएको छ। येस्ता सामाजिक अपराधी लाई सक्त कार्बाहिको माग गरिएको छ।

     

    साँकेतिक तस्बिर गुगलबाट लिइएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…