• विनोद सापकोटा
    मधुमल्ला (मोरङ्ग) साउन ११ ।
    आफ्नै साथीले घरवाट लिएर गएका मोरङ्ग मिक्लाजुङ्गका अनिष कार्कीको मृत्यु प्रकरण प्रसस्त आसंङ्का गर्ने आधाार फेला परेको स्थानीयबासीले वताएका छन । साउन ५ गते आफ्नै साथीले राती १० वजे घरवाट उठाएर लगेका अनिषको ४ दिन पछी रहस्यमय ढंगले मृत्यु भएको अवस्थामा सव फेला परेको थियो । स्थानीय बक्राह र नुनसरी खोलाको दोभान नजिक उनको सव खोलाले वगाएको अवस्थामा फेला परेको थियो ।

    संङ्गका गर्ने आधार
    एक साता अघि अर्थात साउन ५ गते राती करिव १० बजे घरबाट अनिषलाई उनकै साथीहरुले लिएर गएका थिए । बुधबार दिउसो २ बजे स्थानीय बक्राह र नुनसरी खोलाको बगरमा कार्कीको शव निबस्त्र अवस्थामा फेला परेको थियो । सव फेला परेको स्थान वरपर मानव वस्ती छैन । वेपत्ता भएको ४ दिन पछी खोलामा शव फेला पर्नु र संगै गएका साथी वेखवर हुनुले घटना नियोजित भएको हुन सक्ने आधार स्थानीयले निकालेका छन ।
    अनिष वेपत्ता भएको दिन देखी पुर्वमा भारी वर्षा भएको थियो । ठुला तथा साना खहरे खोलामा अघिल्ला वर्षको भन्दा वढी बाढी आएको स्थानीय बताउछन । खोलाको बाढीले नै वगाएर उनको मृत्यु भएको हो भने चार चार दिन सम्म अनिषको सव एकै ठाँउमा कसरी फेला पर्यो ? स्थानीयले यो विषयलाई पनी मुख्य आधार बनाएका छन ।

    https://www.youtube.com/watch?v=ueGS1a8Jwho&t=8s

    निवस्त्र सव
    अनिषको सव निवस्त्र भेटीएको थियो । उनले लगाएको पैन्ट र टि सर्टको बटम बाढीले कसरी खोल्यो ? स्थानीयले भने अनिषको पेण्टी खोई ? खोलाको बाढीले अनिषलाई वगाएको थियो भने उनले लगाएको पैन्ट, टि सर्ट र पेन्टी नहुनु कर्तव्य ज्यानको अर्को आधार भएको स्थानीले दावी गरेका छन । अनिषको शरिरका विभिन्न भागमा चोट देखीएको छ । बाढीले वगाएको शवमा चोट देखीनु स्वभाविक नै हो तर, शव किन गन्हाएन ?
    स्थानीयका अनुसार अनिषलाई वन्धक बनाएर हत्या गरि खोलामा फालिएको हुन सक्छ । आईतवार वेपत्ता भएका अनिषको ४ दिन पछि शव फेला पर्दा किन सडेन ? अनिषकी आमा समिक्षा भण्डारी कार्कीले भनिन् बुधबार शव फेला पर्दा अलिकती पनि गन्ध आएको छैन । शरिरको डढेल्नु, कान, पछाडी भागको थाईमा गम्भिर चोट छ । उनले भनिन् थाईमा गहिरो चोट कसरी लाग्यो ?

    स्तनपान गराएर हुर्काएको ‘वावु’
    मिक्लाजुङ ९ मधुमल्ला चौकमा अनिष मावला बस्दै आएका थिए । गएको फागुनमा बिवाह गरेपछी मधुमल्लामा अनिष दम्पती डेरा बस्दै आएका थिए । आमाले पुर्न विवाह गरेपछी सानै उमेरमा मेरो संरक्षणमा अनिष थियो । अनिषकी आमा र समिक्षा दिदी वहिनी हुन । आमाले पुर्नविवाह गरेपछी समिक्षाले उनलाई छोरो वनाएर पालेकी थिईन ।

    https://www.youtube.com/watch?v=ykKEa4HqxII&t=10s

    ‘मिस यु मामु’
    अनिषले हातमा ‘मिस यु आमा’ लेखेको थियो । एक वर्ष अघि हातमा टयाटु खोप्दा समिक्षाले किन टयाटु खोपेको भनि सोधेकी थिईन । समिक्षाले भनिन् तपाईको लागि मामु भनेर जवाफ दिएको थियो । त्यो बेलाको आमा छोराको सम्वाद सम्झदै भक्कानिदै समिक्षाले भनिन् मेरो वावु लाई किन मारियो ? ‘सत्य बाहिर नआए जुनसुकै निर्णय मलाई अमान्य हुन्छ । उनले  भनिन्, ‘मैले न्याय पाउनु पर्छ ।’

    अनिषलाई राती कस्ले लगेको थियो ?
    अनिषकी श्रीमती रंजिलाका अनुसार अनिषका साथी संदिप नेपाली र विशाल ऋषिदेवले रातको १० बजे लगेका हुन । उनिहरु सानै देखी मिल्ने साथी हुन । भोलि पल्ट विहान सम्म पनी अनिष घर नआएछी मैले संदिप नेपालीलाई अनिष खोई भनेर सोध्दा काठमाडौ गयो भन्दै जवाफ दिए । संजिलाले भनिन् मैले पत्याउनै सकिन र आत्तिए । संदिपले केनिस परियार संग मनिष काठमाण्डौ गएको झुट बोले लगत्तै केनिस संग रंजिलाको वाटोमा भेट भएको थियो । आफु काठमाण्डौ नगएको वताएपछी रंजिला थप तनाव बनिन् ।
    अनिषकी श्रीमतीले ४ दिन पछी खोलामा माछा मार्नेले स्थानीय नुनसरी खोलामा शव देखेपछी गाँउमा खैलावैला भएको थियो । स्थानीयले भने शरिरमा कहि कतै बालुवा र माटो समेत लागेको छैन । खोलाले वगाएको भए कहि कतै हिलो, माटो हातका नङ्ग, मुख, कान, आँखामा त पस्छनी ?
    अनिषको मृत्यु प्रकरण सामान्य नदेखीएपछी प्रहरीले अनुसन्धान थालेको छ । ईलाका प्रहरी कार्यलय उर्लावारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार केहि शंकास्पद संकेत भएकाले अनुसन्धान शुरु भएको हो ।

    https://www.youtube.com/watch?v=1OthybtB0Lw

    संदिप नेपाली पक्राउ
    संदिप नेपालीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ भने अनिष लाई लिएर जाने अर्का विशाल ऋषिदेव फरार छन । शंकास्पद मृत्यु भएका कार्कीको शवको पोष्टमार्टम समेत मोरङ्गको मंगलवारे स्थीत मंगलवारे अस्पतालले गर्न नमानेपछी धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । मंगलवारे अस्पताकोे शव पोष्टमाटम गर्ने डाक्टर एलिजा तन्डुकारले कसैको दवाव र प्रभावका कारण मगलवारे अस्पतालले पोष्टमार्टम नगरेको आरोप गलत भएको वताईन । उनले भनिन्,‘ विशेषज्ञ डाक्टर नभएको ले धरान रेफर गरेको हो ।
    यता जिल्ल्ला प्रहरी कार्यलय मोरङ्गले भने शवको परिक्षण लगायत अन्य अनुसन्धानका पाटा वाँकीनै रहेकाले भवितव्य वा हत्या को अनुमानका भरमा बोल्न नसकिने वताएको छ । मोरङ्ग प्र्रहरीले अनिष मृत्यु प्रकरणमा अनुसन्धानका हरेकबाटोमा कुनै कसुर वाँकी नराख्ने जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…