• उर्लाबारी । प्रदेश नम्बर १ इसाई समाज नेपालले बक्राहा खोलाबाट पीडित उर्लाबारी—८ बगरेटोलका सन्थाल समुदायलाई राहत वितरण गरेको छ । बाढीबाट अति नै पीडित भई बिस्थापित भएका ६ घर परिवारलाई समाजले चामल,तेल,दाल,लत्ताकपडा,त्रिपाल लगायत सहयोग गरेको हो ।
    प्रदेश नम्बर १ इसाई समाज नेपालका अध्यक्ष बिक्रम बर्णबास,सदस्य प्रेमला राई,झापा प्रतिनिधी,अमर आले,उर्लाबारी ईसाई समाज अध्यक्ष बिनोद धिमाल,पूर्वी मोरङ ईसाइ समाजका अध्यक्ष रबिन खड्का,वडा अध्यक्ष कुलबहादुर कार्की,समाजसेवी राजकुमार तामाङ,नारायण बस्नेत लगायतको उपस्थिती रहेको थियो । उहाँहरुले संयुक्त रुपमा राहात प्रदान गर्नुभएको थियो ।

    https://www.youtube.com/watch?v=cleaFF95NM0&t=19s

    प्रदेश नम्बर १ इसाई समाज नेपाललका सल्लाहकार तथा पाष्टर एनडी थुलुङले राहात स्वरुप पीडितहरुमाझ प्रेम बाढेको बताउनुभयो । एक नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने उत्तरदाहित्य रहेको उहाँले बताउनुभयो ।। संस्थाका सचिव पूर्ण सुनुवारले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…