• काठमाडौं । वैदेशिक रोजगारीका विषयमा केन्द्रित कथा बस्तु बोकेको चलचित्र गल्फ को शुभमुहुर्त गरिएको छ । मनोज घतानीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको मोरङको पथरीमा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा मुहुर्त गरिएको हो।
    थ्रीटी फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्रको विधिवत पूजाअर्चना गरी नरिवल फुटाएर शुभमुहुर्त गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारहरु दीपक राई, ऋचा भण्डारी र लक्ष्मी श्रेष्ठले मुहुर्त सट दिएका थिए । मुहुर्त कार्यक्रममा चलचित्र गल्फका नायक समेत रहेका निर्देशक तथा लेखक घतानीले खाडी मुलुकमा श्रम बेच्न विवश नेपालीका कथाव्यथामा आधारित चलचित्र रहेको बताए ।

    वैदेशिक रोजगारका विषयमा धेरै चलचित्र बनेपनि चलचित्र गल्फ विल्कुलै पृथक हुने चलचित्रका निर्मात्री लक्ष्मी श्रेष्ठले दाबी गरिन् । लक्ष्मी श्रेष्ठ र रेखबहादुर घतानीको लगानी रहेको गल्फमा देबेन्द्र चौधरीको छाँयाङ्कन,सन्तोष रिजालको श्रृङ्गार र कसम किरातीको द्वन्द्व रहेको छ ।
    सुनिल थापा र मनोज घतानीको मुख्य भुमिका रहने चलचित्रमा ऋचा भण्डारी,गीताञ्जली सुवेदी गोमा,आरजी भिलेन, टेकराज भण्डारी, लक्ष्मी श्रेष्ठ, दीपक राई, विक्रम घतानी, सोफिया बोहोरा, विन्जना पौडेल, सविता राई, पुरन गिरी कसम किराती भुमिका कार्की, साजन रहपाल, रुपक जिमी, जंग त्रिखत्री,अमित रसाइली, सत्य भाई लगाएतको अभिनय रहने छ ।
    अरब मुलुक कतारमा समेत सुटिङ हुने चलचित्र गल्फको पूर्वी नेपाल र भारतको रमणीय स्थलहरु मा पनि सुटिङ हुने निर्माण पक्षले जनाएको छ । चलचित्र आगामी तिहारमा प्रदर्शनमा आउने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…