• स्याङ्जा । भिरकोट नगरपालिका वडा नं ५ लाई फलफुल वडाको रुपमा विकास गर्ने अभियान शुरु गरिएको छ । वडाले प्रत्येक घरधुरीलाई फलफूल बिरुवा वितरण गरेर अभियानको शुरु गरेको हो । वडाका ७ सय ६८ घरधुरीदाई निःशुल्क रुपमा कागतीका बिरुवा वितरण गरिएको वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
    व्यवसायीक खेति गर्ने किसानका लागि समेत एक हजार कागती र पाँच सय सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

    विरुवा वितरणको लागि वडामा रहेका टोल विकास समितिका अध्यक्षहरुलाई जिम्मा दिईएको छ । टोल विकास समितिका अध्यक्षले प्रत्येक घरघरमा विरुवा पुर्याउन सहयोग गर्ने बताईएको छ । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले भीरकोट ५ फलफुलका हिसाबले अत्यन्त संभावना रहेको जानकारी दिनु भयो ।
    कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर थापा, पेक माया सार्की, नवीन थापा टोल समिति संयोजक जगन्नाथ अर्याल लगायतले बोलेका थिए । वडालाई सफा राख्न भन्दै कार्यक्रममा डस्टविन समेत वितरण गरिएको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मिना खांण र सञ्चालन याम प्रसाद अधिकारी कृष्णले गर्नुभएको थियो । आँधीखोला

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…