• ८४ पुगेकालाई घर–घरमै पोषण भत्ता प्रदान
    (गोपाल पोखरेल) विराटनगर,
    हिन्दु र्धममा ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको चौरासी गर्ने प्रचलन छ । त्यतीमात्र होईन ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई पुगेपछी भगवान सरह दर्जा समेत दिईन्छ । विराटनगर महानगर पालिकाले १९ वटै वडामा १ हजार २ सय ४६ बृद्ध बृद्धालाई भगवान सरह मानेर घरमै पोषण भत्ता पुर¥याउने काम शुरु गरेको हो ।

    विराटनगर महानगरपालिकाी वडा न. ३ की ८४ बर्षीया नगरमायाँ कार्कीलाई विराटनगर महानगरपालिकाको टोलिले मंगलबार एक मुस्ट एक बर्षको नगद १२ हजार रुपैया पोषण भत्ता घरमै पुगेर दियो । एक मुस्ट नगद पाएकि कार्की खुसीले गदगद भईन । उनले विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र उपप्रमुख ईन्दिरा कार्की सहितको टिमलाई आर्शिवाद दिईन । उनिमात्र होईन उनिजस्ता ८४ बर्ष उमेर कटेका ८० जना जेष्ठ नागरिकलाई घर–घरमै पुगेर प्रमुख भिम पराजुली र उपप्रमुख ईन्दिरा कार्कीको टोलिले घरघरमै पुगेर पोषण रकम प्रदान गर¥यो त्यसपछी जेष्ठ नागरिकहरु निक्कै खुसिभए । त्यसमानी १ सय १ बर्ष पुगेका विराटनगर ३ का नारायण प्रसाद रेग्मी अझै खुसी भए । उनलेभने‘, तपाँईहरुलाई मेरो आर्शिवाद छ, सोचेको पुगोस ,‘ । जनप्रतिनिधिहरु दंग थिए ।
    महानगरले करिब दुई महिना भित्र महानगरका १९ वटै वडाका जेष्ठ नागरिकलाई पोषण भत्ता प्रदान गरिसक्ने उपप्रमुख ईन्दिरा कार्कीले जानकारी दिईन । उनलेभनिन,‘ ८४ बर्ष लागेका जेष्ठ नागरिकले आफुले ईच्छाएका पोषण युक्त खानेकुराहरु खाउन भन्ने उद्देश्यले पोषण भत्ता वितरण गरिएको हो, । अहिले सम्म ८० जना जेष्ठ नागरिकले पोषण भत्ता पाईसकेको वडा न. ३ का अध्यक्ष्य विनोद बस्नेतले बताए ।



    उनलेभने,‘ ८४ कट्ने सबैलाई पोषणभत्ता घर–घरमै उपलब्ध गराउछौ । यता विराटनगर ९ मा समेत मंगलबार नै उपप्रमुख ईन्दिरा कार्कीको अगुवाईमा पोषणभत्ता घर–घरमै पुर¥याईएको छ । ९ का अध्यक्ष लालु भगत र वडाका कर्मचारीहरु सहितको टोलिले वितरण गरेको हो । विराटनगरको ईतिहासमा पहिलोपल्ट विराटनगर महानगरपालिकाले पहिलो पल्ट जेष्ठ नागरिकहरुका घरघरमा गएर पोषण भत्ता वितरण गरेको हो । यतीमात्र होईन महानगरले अब विशेषज्ञ चिकित्सकहरुको सहयोगमा प्रत्येक जेष्ठन नागरिकका घर–घरमा पुगेर निशुल्क स्वास्थ्य सेवा गर्ने महानगरका प्रमुख पराजुली बताउछन । महनगरका जनप्रतिनिधिहरुले घर–घरमा गएर जनताको सेवा गरिरहेका छन । तर चुनावको बेला चर्काे क्रन्तिकारी नारा लिएर गाँउ वस्ती र बजार छिर्ने तर चुनाव जितीसकेपछी माखो नमार्नेहरुकालागी महानगरका प्रमुख पराजुलीको यो उदहारणीय कार्यले गतीलो पाठ सिकाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…