• काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन पार्टीका सांसदहरुलाई सचेत गराएका छन्।

    काँग्रेस सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले त्यसप्रति प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराएका हुन्।

    मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढन सम्भव नभएकाले त्यसलाई समावेशी सिद्धान्तको आधारमा अघि बढाउने व्यवस्था संविधानमा गरिएको पनि स्पष्ट पारे।

    पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका सांसद लामालाई समानुपातिक मात्रै भनेर हुन्छ, काम गर्न सहज हुनुपर्दैन ? भनि प्रश्न पनि गरे। उनले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तको आधार गर्न नसकिने तर्क पनि गरे।

    यता, काँग्रेस सांसद लामाले भने संविधानको व्यवस्था अनुसार सो बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राखे। सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद लामाप्रति खनिएका थिए।

    बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि समावेशी सिद्धान्तको आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको स्पष्टिकरण दिएका थिए।
    a
    बैठकमा काँग्रेस सांसद हिरा गुरुङले सरकारले गठन गर्ने कुनै पनि निकायमा संविधान बमोजिम ५० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरे। यता, काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा रहने सदस्यहरुलाई दिने भत्ता पनि कानुनमै उल्लेख गरेर जानुपर्ने प्रस्ताव अघि सारे।

    बैठकमा समितिका सदस्यहरुले विज्ञापन बोर्डमा नियुक्त हुने अध्यक्षलाई मात्रै तलवको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…