• रूपेन्द्र शेर्मा
    उर्लाबारी /झापा, दमककी १६ वर्षिया अनमोल राई निकै सुन्दरी छन् । उनको सुन्दरता देख्दा जो–कोही पुरुष आकर्षित हुन बेर छैन । तर उनी जन्मजात महिला होइनन् । जन्मदा पुरुष थिए । तर अचेल उनको भेष बद्लिएको छ । विगतमा पुरुष देखिने अनमोल अहिले सुन्दरी युवती बनेकी छन् ।

    स्थानीय सुर्योदय अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत अनमोल पाँच महिनाअघि मात्र पुरुषको भेष बदलेर महिला बनेकी हुन् । ‘म जन्मदा पुरुष भएर जन्मेको थिएँ । सबै मेरा अंगहरु पुरुषकै छन् । तर, हाउभाउ कहिल्यै पुरुषको भएन । मेरो सबै ईच्छा चाहाना स्त्रीकै छ । घरमा पनि बुबा–आमाले मेरा स्त्री चालचलन देखेर छोरी झैं व्यवहार गर्नुभएको छ’, उनले भनिन्, ‘सबै अंग पुरुषको भएपनि महिलातर्फ कहिल्यै पनि आकर्षित भइन् ।’

    उनी वाल्यकालदेखि नै विद्यालय जाँदा कक्षाकोठामा अरु बालकहरु सँगै बस्ने गर्थिन । किनकी त्यस समयमा उनको रूप बालकको थियो । तर, बिस्तारै उनको बोलीचाली, चालचलन र हाउभाउ बालिका झैं हुन थाल्यो । जब उनी १५ पुगेर १६ वर्षमा टेकिन् । किशोरी झैं सर्ट–फरक लगाएर विद्यालय जान थालिन् । सँधै किशोरहरुसँग बस्ने अनमोल किशोरी झैं देखिन थालिन् । र, किशोरीहरुसँगै बस्न थालिन् । ‘हाई हेल्लो सबैसँग हुन्छ । मेरा केटा साथीहरु पनि छन् । केटी साथीहरु पनि छन् । तर मे केटी हुँ’, उनले भनिन्, ‘भविष्यमा पुरुषसँग विवाह गर्न चाहान्छु ।’ आफूलाई बुझ्ने र सुख दुखमा साथ दिने समझदार पुरुषसँग विवाह गर्ने उनको ईच्छा छ ।
    अहिले उमेर नपुगेकाले उनले लिंग परिवर्तन गरेका छैनन् ।

    बोलीचाली, व्यवहार, ड्रेसअप र मेकअप युवतीको जस्तै छ । २० वर्ष उमेर पार गरेपछि शल्यक्रिया मार्फत् लिंग परिवर्तन गरेर प्राकृतिकरूपमै युवती हुने उनको चाहाना छ । ‘घरमा बुबा र म मात्रै छौं, आमा वैदेशिक रोजगारीमा जानुभएको छ’, उनले घरको अवस्था सुनाइन्, ‘मेरो लक्ष्य र चाहानालाई मेरा अभिभावकको पुरा साथसहयोग छ

    https://www.youtube.com/watch?v=5zsFHkwE-90&fbclid=IwAR0-R8VslNWQYA-HXnLtEXAWM5cytoafoW3g04-z47ar0CPNw5ILg_fXQUM

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…