• बहुविवाहको उजुरी परेपछि कान्छी श्रीमतीसँगै आत्महत्या

    प्रहरीका अनुसार जीवनकी पत्नी रितु तामाङले साउन ११ गते उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले जीवनलाई अबदेखि रितुसँगै बस्ने, खाने व्यवस्था गर्ने प्रतिबद्धता गराएको थियो । प्रहरी कार्यालयबाट बाहिरिएपछि जीवनले एक हजार दिँदै केही समयमा आउँछु भनेका थिए ।

     

    काठमाडौं, १५ साउन । बहुविवाहको उजुरी परेपछि एक युवकले कान्छी श्रीमतीसँगै आत्महत्या गरेका छन् । भक्तपुरको बोडेमा कोठा लिएर बसेका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछाप बेथानका १८ वर्षीया मंगली घिसिङले मंगलबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

     

    प्रहरीका अनुसार जीवनकी पत्नी रितु तामाङले साउन ११ गते उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले जीवनलाई अबदेखि रितुसँगै बस्ने, खाने व्यवस्था गर्ने प्रतिबद्धता गराएको थियो । प्रहरी कार्यालयबाट बाहिरिएपछि जीवनले एक हजार दिँदै केही समयमा आउँछु भनेका थिए ।

    त्यसपछि उनी कान्छी पत्नीसँगै झुन्डेको अवस्थामा मंगलबार फेला परेको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा सञ्जीव दाहालले लेखेका छन् । घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगंज पठाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…