• मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका हुन् ।

    यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ ।

    विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…