नगरपालिकाको वडा कार्यालयमा आगजनी
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
रौतहट, १५ साउन । रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्येरातमा आगजनी भएको छ । आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको छ । कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको हो ।
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सो वाड कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन् । उक्त आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ । साउन १५ गतेको बन्दलाई लक्षित गरि बम राखेको हुन सक्ने अनुमान छ ।