• दीप खादी लिम्बू।
    क्वालालम्पुर,साउन-१५

    विगत ४ वर्ष अघि वैदेशिक रोजगारीका लागि सी लिङ्क ओभरसिज बसुन्धारा म्यानपावर बाट मलेशिया आइपुगेका बैतडी जिल्लाका पुर्चौडि नगरपालिका ४ धौलकाडा निवासी राम बहादुर धानुकका छोरा मीन बहादुर धानुको सडक दुर्घटनामा पर्दा गत सोमबार ज्यान गएको हो।

    मलेसियाको सेलाङ्गर राज्य अन्तर्गत रहेको KESM INDUSTRIES कम्पनीमा काम गर्दै अाइरहेका धानुक सोमवार काम सकेर बेलुकी साथीहरू संग भेटघाट गरि राती अाफ्नो कोठा फर्किने क्रममा बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको गाडीको ठक्कर बाट घटनास्थलमै ज्यान गुमाए।
    भर्खरै बिबाह गरेर प्रवासिएका धानुको मृत्युको खबरले पूरा गाउँनै स्तब्ध बनेको छ।

    धन कमाउन भनी उडेका मीन बहादुर काठको बाकसमा फर्केला भन्ने सपनामा पनि नसोचेको उनको परिवारमा अहिले आसुको धारा अझै रोकिएको छैन।
    मृतकको शव अहिले पिजेको असुन्ता अस्पतालमा रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि चाडै नै नेपाल पठाउने तयारी भईरहेको मृतकका छिमेकी रेन्द्र राजाले रातोकलम अनलाइन लाई जानकारी दिएका हुन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…