• उर्लाबारी नगरपालिकाका नगर प्रमुख हुन्, खड्गबहादुर फागो । उर्लाबारी–५ निवासी फागो प्रदेश नं. १ मै कडा स्वभाव भएका नगरप्रमुखको रुपमा लिने गरिएको छ । नगरप्रमुख फागोले आफूले एक रुपैयाँ पनि भष्ट्रचार नगरेको भन्दै कसैलाई भष्ट्रचार गर्न नदिने भन्दै आएका छन् । नगर प्रमुख फागोसँग पछिल्लो विषय वस्तुमा केन्द्रीत भएर केही कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः

    भर्खरै नगरसभा सम्पन्न भएको छ, के कस्ता योजनाहरुलाई प्राथमिकता राख्नु भएको छ ?
    –नगरसभाबाट हामीले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायतका पर्यावरणभित्र रहेर योजनाहरु ल्याएका छौं ।
    विवादकाबीच नगरसभा भयो, बहुमत सदस्यहरुले विरोध जनाउनु भयो नि ?
    –स्थानीय सरकार हो यहाँनिर बहुमत र अल्पमत भन्ने कुरा रहँदैनन् । स्थानीय तहमा जुन पार्टी वा स्वतन्त्र रुपमा उठेपनि जनताबाट निर्वाचित भएपछि पक्षविपक्ष भन्ने हुँदैन । त्यो स्थानीय सरकारका प्रतिनिधि हुन् । बहुमत र अल्पमतको बारेमा प्रदेश सरकारले स्पष्ट रुपमा कार्यविधि पठाएको छ । प्रदेश र संघीय संसदमा बहुमत, अल्पमत, पक्ष र विपक्ष भन्ने हुन्छ । तर, स्थानीय सरकार हो यसमा त्यो अवस्था रहँदैनन् । पहिलो बैठकमा ५१ प्रतिशत र दोस्रो बैठकमा एकतिहाई भएपनि कार्यपालिकाको बैठक र नगरसभा हुन सक्दछ । विमतिका विषयमा नोटअफ डिसेन्ट अधिकार हुन्छ ।
    तपाई एकलौटी तरिकाले मनोमानि गर्नुहुन्छ भन्ने आरोप पनि छ नि ?
    –बारम्बार मेयरले एकलौटी ग¥यो भनिन्छ, हैन एकलौटी भनेको के हो ? कानुन, ऐन, कार्यविधि, निर्देशिका बमोजिम गर्ने हो । मैले एकलौटी गरे भने नियम, कानुन छैन । अदालत, अखितयार छैन । एकलौटी गरियो भने म जेल जादिन । मेयरलाई दिएको अधिकार मैले प्रयोग गर्ने हो । त्यसमा उपमेयर र वडाध्यक्षलाई सोधिराख्न जरुरी छ ? उपमेयरलाई दिएको अधिकार उपमेयरले प्रयोग गर्ने हो वडाध्यक्षलाई दिएको अधिकार वडाध्यक्षले गर्ने हो । यसमा एकलौटी भन्ने कुरा कहाँबाट आउँछ ? मैले के के मा एकलौटी गरे आधार चाहियो नि ।

    किन विरोधका आवाजहरु गन्जियो त ?
    –स्वभाविक रुपमा कानुन, ऐन, निर्देशिका, विधान, नियामवली आधारमा काम गर्ने हो । मेयरले एकल गर्ने अधिकार छ की छैन । हेर्नु प¥योे नि । विरोधका लागि विरोध आएर त भएन नि ।

    बेरुजु सार्वजनिक गर्नु प¥योे भन्दा आक्रोशित हुनुहुन्छ भन्ने आरोप पनि छ नि ?
    –म किन आक्रोशित हुनु । बेरुजु फस्यौट गर्ने तरिकाले म अघि बढिरहेको छु । कर्मचारीहरुलाई पनि बेरुजु फस्यौट गर्ने तरिकाले अघि बढ्न भनिरहेको छु । प्रमुख भएको हिसाबले बेरुजु ३ करोड उर्लाबारी नगरपालिका हुनु अगाबैको हो । तत्कालिन राजघाट गाविस, जनप्रतिनिधि आउनु अगाबैको उर्लाबारी नगरपालिका हुँदासम्मको बेरुजु रहेको छ । बेरुजु भनेको हिनामिनाको नभई वडा कार्यालय, नगरपालिकामा खरिद गरिएको सामग्रीलगायतको हो । महालेखाबाट कर्मचारीहरु बोलाइएको छ । फस्टौट गर्ने गरी काम गरिरहेका छौं । त्यसैकारण बेरुजु सार्वजनिक गर्नु पर्छ भन्दा म आक्रोशित हुने कुरै रहँदैनन् । यो मिथ्या आरोप मात्र हो ।

    मेयर र उपमेयर कहिलेसम्म आरोप प्रत्यारोप गरिरहने त ?
    –आरोप आइरहन्छन् । विकासका काम रोकिँदैन । जनताको हितमा काम गर्न हामी जनप्रतिनिधि आएको हो । यसमा आरोप प्रत्यारोप भन्ने कुरै हुँदैन ।

    बारम्बार विवाद सिर्जना हुँदा काममा ढिलाई हुँदैन र ?
    –निर्णय गर्न ढिलाई हुन्छ । तर, विवादले विकासका काम रोकिँदैन । जनप्रतिनिधिहरुले पनि हामी जनताको हितमा काम गर्न आएको हो भन्ने बुझ्नु प¥यो नि ।

    चुनाबताका तपाईले जनतालाई प्रतिबद्धता जनाउनु भएको थियो । प्रतिबद्धता कहाँ पुग्यो ?
    –मैले भन्ने भन्दा पनि तपाईहरुसँग पनि होला । हेर्नुहोला । ८० प्रतिशत मेरो प्रतिबद्धता पूरा भइसकेका छन् ।

    के के काम भयो त ?
    –जनतालाई सोध्नुहोस् । यो काम त तपाईहरुले हेर्ने हो, उर्लाबारीबासीलाई सोध्ने हो, हामी त भन्छौं गरिरहेका छौं । तर, जनताले महशुस गर्नु भयो की छैन भन्ने बुझ्नुहोस् । सडक, तटबन्ध, शिक्षा, कृषि, स्वास्थ्यलगायतका काम स्रोत साधनले भ्याएसम्म गरिरहेका छौं ।

    तपाई मेयर, विवाद समाधानका लागि पहलकदमी लिनु हुन्न ?
    –जनसरोकारका विषयमा छलफल र परामर्श हुन्छ । ब्यक्तिगत स्वार्थमा केन्द्रीत काममा छलफल र परामर्श हुँदैन । त्यसमा विवाद रहन सक्छ । मेयरले मात्र कृषि सामग्री वितरण गरे भनेर उपमेयरले चित्त दुखाउनु हुन्छ । यस्ता विवादमा म कुनै मतलब पनि राख्दिन ।

    त्यसो भए तपाईहरुको छेडछाड जारी रहन्छ ?
    – मैले एक रुपैयाँ पनि भष्ट्रचार गरेको छैन । अनियमितता गरेर हामीले पनि केही पाउनु पर्छ भन्ने अपेक्षा कसैले नराखे हुन्छ । एक रुपैयाँ दायाँबायाँ गर्न दिन्न भन्दा छेडछाड चल्छ भने चलिरहोस् । त्यो जनताले मूल्यांकन गर्ने कुरा हो ।

     

    भष्ट्रचार रोक्न चाँही के गरिरहनु भएको छ त ?

    –म एक रुपैयाँ पनि भष्ट्रचार गर्दिन । र, गर्न पनि दिन्न ।

    नेकपाको बहुमत छ काम गर्न कतिको सहज छ ?
    –हामी जनताको काम गर्न आएका हौं । हामी स्थानीय तहको निर्वाचनमा कोही कांग्रेस त कोही एमाले भएर चुनावमा उठेका थियौं । हामी स्थानीय सरकारका प्रतिनिधि हो, यहाँ कुन पार्टीको भन्ने कुरा रहँदैन । कम्यूनिष्ट पार्टीका साथीहरुसँग मैले ठूलो अपेक्षा राखेको थिए । मजदुर, श्रमिकलगायतको पक्षमा वकालत गर्ने साथीहरु आउनु भयो भन्ने लागेको थियो । तर, उहाँहरुले चुनाव अघि जनताको पक्षमा कुरा गरेपनि निर्वाचित भएपछि आफूले पाउनु पर्छ भन्ने तरिकाले प्रस्तुत हुनु भयो । मजदुर, श्रमिकका लागि होइन उहाँहरु त आफ्नै लागि मात्र कुरा गरिहनु भएको छ । सन्थाल बस्तीमा खोलाले कटान भइरहेको छ, उहाँहरु चाँही हाम्रो भाग भएन भनेर कार्यपालिकाको बैठक नै बहिस्कार गरिरहनु भयो ।
    यो विवाद राजनीति पार्टीको हो कि ब्यक्तिगत ?
    –न्याय समितिको संयोजक उपमेयर हुनुहुन्छ । प्रशिक्षक भन्दै २५ सय रुपैयाँ लिनु हुन्छ । न्याय समितिका सदस्यहरु पनि प्रशिक्षक भन्दै भत्ता लिनुहुन्छ । प्रशिक्षक हुनका लागि त कानूनी मान्यता पाउनु प¥योे नि । यो कुरा बैठकमा राख्दा बहिस्कार हुन्छ । बैठक रोकिन्छ । यस्तो लाचारीपन छ ।
    लामो समयदेखि खेलकुद समिति नेतृत्व विहीन छ, किन खेलकुद समिति गठन हुन नसकेको ?
    –कार्यविधि पास भएको छैन । बैठकमा कार्यविधि लगियो, बहुमतले पास हुन दिनु हुन्न । अनि कसरी खेलकुद समिति बन्छ ?
    १० बजे बैठक बोलायो २ बजे मात्र बैठकमा आउनु हुन्छ भन्ने पनि आरोप छ नि ?
    –बैठकका लागि बैठक गर्ने होइन । एजेण्डामा छलफल पनि गर्नु प¥यो । कर्मचारीहरुले डकुमेन्ट पनि गर्नु प¥योे । उहाँहरुलाई पनि थाहा छ । त्यो किन ढिलो भयो भनेर ।
    गुनासो त छ नि ?
    –आफू अनूकुल भएन भनेर गुनासो हुनु स्वभाविक हो । मेरो पनि पत्रकारहरुलाई गुनासो छ नि । मैले भने जस्तो समाचार लेख्नु भएन भनेर । के मेरो अनूकुल हुन्छ त ?
    तपाईलाई सुरक्षाको कुनै थ्रेट नभएपनि पिएसो लिएर हिँड्नु हुन्छ भन्ने गरिन्छ नि ?
    –मेरो रहरले पिएसो लिएको हैन । जिल्ला सुरक्षा समितिले दिएको हो । सुरक्षा थ्रेट छ कि छैन मसँगै हिँड्नु होस् न । सबै कुरा भन्न नमिल्ने रे पो त । चन्दा चिट्ठालगायतको बिषयमा धाकधम्की आइरहेको छ भन्ने जानकारी प्रमुख जिल्ला अधिकारी र मोरङ जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराएको थिए । त्यसपछि उहाँहरुले सुरक्षाका लागि खटाउनु भएको हो ।

    https://www.youtube.com/watch?v=LnYg1diGUfY

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…