• विराटनगर । आर्थिक लेनदेनमा नोबेल मेडिकल कलेज विराटनगरमा सुत्केरी मृत्यु प्रकरणको घटना साम्य भएको छ । अस्पताल प्रशासनले मृतक परिवारलाई आर्थिक सहयोग गरेपछि बुधबारबाट सुरू विवाद साम्य भएको हो ।

    सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी सुनसरीको रामधुमी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीको बुधबार विहान अस्पतालमा मृत्यु भएको थियो । उपचारका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका थिए ।

    बिहीबार भएकाे छलफलमा नोबेल मेडिकल कलेजले उपचारमा लागेको खर्च मिनाह गरी दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएपछि मृतकका परिवारले शव बुझेका छन् ।

    अस्पतालले क्षतिपूर्ति रकम उपलब्ध गराएपछि कमजोरी गर्ने अस्पताल र चिकित्सकलाई कारबाहीका माग गर्दै आन्दोलन गरेका मृतकका आफन्त शव बुझेर फर्किएका छन् ।

    सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी सुनसरीको रामधुमी नगरपालिका–३ की ३५ वर्षीय कार्कीको बुधबार विहान मृत्यु भएको थियो । सामान्य प्रसूतिबाटै दोस्रो सन्तान छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालको दाबी छ ।

    सोमबार अस्पताल भर्ना भएकी उनले मंगलबार विहान १० बजे ‘नर्मल डेलिभरी’ बाट नवजात शिशुको जन्म दिएकी थिइन् । रक्तश्राव नरोकिएको भन्दै चिकित्सकले मंगलबार दिउँसो नै पाठेघरको शल्यक्रिया गरिदिएका थिए । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पतालले उपचारमा लागेको रकम पनि मिनाह गरिदिएको छ ।

    क्षतिपूर्ती होइन, पोषण खर्च

    यता अस्पताल प्रशासनले मृतक परिवारलाई क्षतिपूर्ति नभई नवजात शिशुको पालनपोषणकालागि सहयोग गरेको बताएको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचार खर्च मिनाह गरेर शिशुको पालन पोषणकालागि अस्पतालले थोरै सहयोग गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…