• गोपाल पोखरेल
    विराटनगर, १६ साउन ÷ सघंन शहरी विकास कार्यक्रम अन्तरगत विराटनगर महानगरको समन्वयमा राजबंशी चोक पश्चिम खारजी सडकमा बनेको पार्कको उद्घाटन गरिएको छ ।
    एक कार्यक्रमका वीच विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले वडा नं ४ मा रहेको खारजी ग्रीन पार्कको उद्घाटन गरेका छन् । झण्डै २ कठ्ठा क्षेत्रफलमा बनेको पार्कमा दुइ आरामस्थल बनाएका छन् भने विभिन्न प्रकारका वृक्षहरु रहेको छ । नमुनाका रुपमा बनेको पार्क कालिका कन्ट्रक्सनले विराटनगर महानगरको समन्वयमा बनाएको हो । विराटनगर उपमेयर ईन्दिरा कार्कीले नगरको सरसफाईमा पनि नगरवासीको भुमिका महत्वपुर्ण हुने भएकोले महानगरलाई साथ दिन आग्रह गरिन् । पार्क निर्माण भए संगै नगरको सौन्दर्य बढ्ने र यसको संरक्षण गर्ने दायीत्व टोलवासीको बिशेष रहने कार्कीले बताइन ।


    कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरका १९ वटै वडामा एक पार्क निर्माणको योजना महानगरपालिकाले बनाएको बताए । शहरको सौन्दर्य बढाउने यसखाले पार्क सहित उचित स्थानमा शौचालय थप गर्दे जाने बताए । बनेका सम्पदाको संरक्षण महानगर एक्लैले गर्न नसक्ने भन्दै पराजुलीले महानगरवासी सवैले साथ सहयोग गर्न आग्रह गरे । विग्रेका कुराको समयमै जानकारी दिन र जनप्रतिनिधिहरुलाई घचघचाउन समेत आग्रह गरे । उनले हरेक पार्कहरुमा फ्री वाइ फाइको व्यवस्था गरिने बताए । मेयर पराजुलीकै सक्रियतामा विराटनगरका विभिन्न चोकहरुमा फ्री वाइफाइ समेत जडान भइसकेको छ । पार्कलाई ब्यवस्थित गर्ने र नभएका ठाउँमा नयाँ पार्क बनाउने अभियान सहित महानगरले विभिन्न स्थानलाई छनौट समेत गरिसकेको छ ।

    यसैवीच विराटनगर महानगरले समय सिमाभन्दा पनि चाढो र उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै कालिका कन्ट्रक्सन र कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाइलाई सम्मान समेत गरेको छ । सघंन शहरी विकास कार्यक्रम डियू डिविसी विराटनगर प्रोजेक्ट अन्तरगत कालिका कष्ट्रक्सनले ७९ करोड ६१ लाख ५१ हजार ५ सय १४ रुपैयामा लागतमा विराटनगरमा १ पार्क सहित १६ किलोमिटर कालोपत्रे ,३२ किलोमिटर आर सी.सी ड्रेन निर्माण,४ सय ४० वटा सोलार जडान सहित विराटनगरका विभिन्न वडाहरुमा काम गरेको छ । विराटनगरमा २ सय ५ दिन अगावै काम सकेको कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाईले जानकारी दिए । कार्यक्रममा वडा नं ४ का कार्यबाहक वडाध्यक्ष तुलसी घिमिरे,टोल विकास संस्थाका मुरारी धिताल,वडा सदस्य बलक राजबंशी ,इन्जिनियर घनश्याम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…