• उर्लाबारी । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् ।

    समुदाय प्रहरी पालिका मोरङले अन्तर पार्टी महिला सन्जाल र वाणिज्य संघको सहकार्यमा यहाँ आज आयोजित सामुदायिक प्रहरी साझेदारी महिला केन्द्रीत सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् ।

    अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

    महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको प्रदेश नम्बर १ का प्रहरी उपरीक्षक किशोर कुमार दहालले बताउनुभयो ।
    सामाजिक सञ्जाल (फेसबुक) बाट गरिएका अपराधका सम्बन्धमा निक्कै उजुरी परेको बताउनुभयो । उजुरी परेसँगै अनुसन्धानका कठिनाइ भएपनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उहाँको भनाइ थियो ।

    प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको दहालले जानकारी दिनुभयो ।

    अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

    सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

    अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष गीता खतिवडाले प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताउनुभयो ।

    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताउनुभयो ।
    उद्योग बाणिज्य संघका लेखा सदस्य बिनिता दाहालले महिलाहरुलाई सचेतनाको लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम उपलब्धि मुलक भएको बताउनुभयो । महिलाहरुमा यस किसिमको कार्यक्रम अति नै आवश्यक रहेको र कार्यक्रम गर्न सफल भएकोमा दहालले खुशी प्रकट गर्नुभयो ।
    कार्यक्रमलाई तिब्र रुपमा प्रचारप्रसार गरेको कारण महिलाहरुको उल्लेख्य सहभागीता रहेको बिनिता दाहालको भनाई छ । कार्यक्रममा बृतचित्र मार्फत दुर्घटना न्यूनिकरण महिला हिंसा साइबर अपराध सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…