• बाहुण्डाँगी । लमजुङ जेसीजका निवर्तमान अध्यक्ष (आइपीपी) अनुज अधिकारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङको अध्यक्षमा निर्वाचित हुनुभएको छ । समितिको हालै सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो । लमजुङ जेसीजलाई वर्ष २०१८ मा कुशलतापूर्वक नेतृत्व गर्नु भएका अधिकारी यस क्षेत्रका दर्जनौँ सामाजिक संघ संस्थामा उत्तिकै क्रियाशिल हुनुहुन्छ । पेशाले पत्रकार रहुन भएका अधिकारी विगत ११ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील हुनुहुन्छ । २०१९ का लागि एरिया ‘बि’ को जनसम्पर्क अधिकारीको जिम्मेवारी समेत सम्हाल्नु भएका अधिकारी यस अघि प्रतिष्ठानको सचिवमा रहेर कुशल नेतृत्व गर्नु भएको थियो । प्रेस चौतारी लमजुङको सचिव, फोटो पत्रकार समूह लमजुङको सचिव, नेपाल पत्रकार महासंघ लमजुङका सदस्य, मस्र्याङ्दी डोजो भोटेवडारको सल्लाहकार, केन्पो खुकुरी मार्सल आर्ट लमजुङको अध्यक्ष तथा हाल इभगृन दोहोरी साँझको  ग्रुप लिडरको रुपमा कार्यरत हुनुहुन्छ ।
    सफल गायक तथा कुशल कार्यक्रम सञ्चालक अधिकारीले लमजुङ टेलिभिजनमा ३ वर्ष समचार प्रमुखको जिम्मेवारी समेत सम्हाल्नु भयो । देशका विभिन्न जिल्लामा हुने दोहोरी प्रतियोगितामा सहभागि भएर थुप्रै उपाधी र पुरस्कार लमजुङ भित्र्याउनु भएका अधिकारी गायन, पत्रकारिता, खेलकुद, जेसीज, समाज र परिवारलाई एकैसाथ लिएर अघि बढ्ने सफल युवामा आफुलाई परिचित गराइसक्नु भएको छ । आफुले पाएको जिम्मेवारीलाई सहज रुपमा कुशलतापूर्वक नेतृत्व गर्ने अब्बल क्षमतावान रहनु भएका अधिकारी जेसीज अभियानमा समेत निकै क्रियाशिल व्यक्तिका रुपमा चिनिनुहुन्छ ।
    समितिको प्रथम उपाध्यक्षमा टसबहादुर गुरुङ, द्धितिय उपाध्यक्षमा शर्मिला थापा, महिला उपाध्यक्षमा प्रिती गिरी, सचिवमा प्रशान्त तामाङ, सहसचिवमा सविन गुरुङ, कोषाध्यक्षमा पुजा गुरुङ, सहकोषाध्यक्षमा लक्ष्मी तामाङ रहनुभएको छ । अधिबेशनबाट २१ सदस्यीय समिति गठन गरिएको हो । अधिवेशनको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष एवं चर्चित गायक पशुपति शर्माले गर्नुभएको हो ।
    अधिवेशनमा उत्कृष्ट गायक तथा उत्कृष्ट पदाधिकारीको उपाधी समेत अधिकारीले नै प्राप्त गर्नु भएको थियो । सचिब पदमा रहदा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट पदाधिकारी उत्कृष्ट प्रतियोगी गायक को रुपमा उहालाई सम्मान गरिएको थियो । यसैगरी, लोक गायिका माया गुरुङ बिमा कुमारि दुरा टस बहादुर गुरुङ पृती गिरि र प्रसान्त तमाङ लाई पनि सम्मान गरियको थियो । सम्मानित व्यक्तिलाई कार्यक्रममा का प्रमुख अतिथी रास्टृय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल का प्रथम उपाध्यक्ष चर्चित लोक दोहोरी गायक पशुपति सर्मा, बिसेस अतिथी बेसिसहर नगरपालिका का नगर प्रमुख गुमानसिह अर्याल निबर्तमान अध्यक्ष दिपक पौडेल ले दोसल्ला र सम्मान पत्र ले सम्मान गर्नुभयको थियो ।
    नबनिर्बाचित अध्यक्ष अनुज अधिकारिले आफ्नो कार्यकाल मा उत्कृष्ट काम गरेर देखाउने प्रतिबद्धता जनाउनु भयका छ । जिल्ला का अग्रज समकालिन र नया प्रतिभा हरु सवैलाई समेटेर अगाडी बड्ने र लमजुङ को नाम अझै उचाई मा पुर्याउने गरि काम गर्ने बताउनु भयो । साथै उहाँले नेपालको लोक तथा दोहोरी गीत संगीतालाई थप उचाईमा लैजान आफुले सक्दो पर्यत्न गर्ने र देशका विभिन्न क्षेत्रमा छरिएर रहेका लमजुङे कलाकारहरुलाई समेटेर अघि बढ्ने समेत प्रतिबद्धता जनाउुन भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…