• काठमाडौं। लोकतन्त्रमा विचार राख्न पाइन्छ मतभेद दर्शाउन पाइन्छ । तर, जर्बजस्ती र चन्दा आतंक लोकतन्त्रको गर्नु नपर्ने सरकारले ल्याएको सम्वृद्धि र विकासका एजेण्डामा विमती राख्न पाइन्छ ।

    तर, नेकपा चन्दले आफू लोकप्रिय बन्न बम आतंक सिर्जना गर्यो । त्यसले आफ्नै कार्यकर्ताको क्षति भयो । त्यो समूहका कार्यकर्ता हतियार चलाउने विष्फोट पदार्थ बताउने क्षमताका रहेनछन् । भन्ने पुष्टि उपत्यका भित्रकै घटनाले देखाए ।

    सरकारले राहतको नाममा मनपरी मन्त्रीका आफन्त नेताका गुटका सहयात्रीलाई पैसा बाँडेको छ । तर, मानवको मूल्य तोकेर मान्छे मार्यो रु. १० लाख राहत राज्यकोषबाट परिवारलाई दिलाएर कति सम्वृद्धि आउँछ ?

    उनले उपमा दिँदै दिनेश अधिकारी काठमाडौंमा हिजो प्रचण्ड र डा.बाबुराम भट्टराईको टाउकोको मूल्य कांग्रेसको देउवा मण्डलीले तोक्दा थपडी बजाउने खड्ग ओलीहरुलाई अहिले मानव अधिकारको ठेकदारी गर्दै आएका सुशील प्याकुरेल, डा.सुबोध प्याकुरेल, अग्नि खरेल, सपना प्रधान मल्लहरुले कस्तो प्रशिक्षण दिए होलान ?

    जो समान विचार र समान अवधारणा दर्शाउने तत्कालीन एमालेभित्रै दमन गर्न सक्रिय थियो । त्यही शक्तिले सरकारको नेतृत्व गर्दा देशभर आतंक सिर्जना गरेर संघीयता गणतन्त्र लोकतन्त्र माथि नै संकट ल्याउन खोज्ने नेकपा माथि प्रतिबन्ध लगाउँदा आक्रमणको शिकार भयो ।

    कुमार घैटे, मोनज पुनको कत्ले आम हत्या गरेर प्रहरीले दिएको शान्तिसुरक्षालाई जनताले पत्याएन । अहिले नेकपा चन्दसँग वार्ता गर्न सरकार बाध्य हुनुको कारण सर्लाहीमा कुमार पौडेल, भोजपुरमा नीरकुमार राई र ध्रुव घिमिरेको प्रहरीद्वारा भएको हत्याले विश्वमै कम्युनिष्टको बदनाम गरायो ।

    कम्युनिष्ट पार्टीको सरकार बनेको छ । कम्युनिष्ट कै कार्यकर्ता धमाधम मारिएका छन् । मार्न खटिने प्रहरीले आत्मसुरक्षा भनेको छ । प्रहरीमा पनि सोर्सफोर्स र पहुँचवालाले दुःख कष्ट गर्नुपर्दैन ।

    प्रहरीमा पनि पूर्वाग्रही छन् । गृहमन्त्री रामबहादुर थापा, नेत्रविक्रम चन्दप्रति पूर्वग्रही नै देखिए । हिजो पार्टी फुटाएर दोस्रो संविधानसभामा आफ्नो वचस्र्व दर्शाउन नसकेका रामबहादुर थापाहरुले नेत्रविक्रमलाई प्रचण्ड र डा.बाबुराम विरुद्ध प्रयोग गरेकै हुन् ।

    अहिले आतंकको झिल्को त ठूलो चाहिँदैन । सरकार र पार्टी कै बद्नाम गरेर वर्तमान स्थिति नै असफल हुने हो कि भन्ने शंका बढ्दै गयो ।

    सरकार वार्ताका लागि लचिलो भयो तर नेकपाको सर्त फागुन २७ बाट लागेको प्रतिबन्ध फुकुवा पक्राउ कार्यकर्ताको रिहाईलाई एजेण्डा बनाएको छ ।

    लोकतन्त्रमा शान्तिपूर्ण र स्वतन्त्र पार्टी गतिविधि गर्न पाउने अधिकार सबैले राख्छन् । वर्तमान सरकारले देशलाई समाजवादी धारमा लैजाने त भनेको छ, दबाबमा उल्लेख छ ।

    तर, भ्रष्टाचार गर्न सबै नेता मन्त्री प्रपतस्पर्धामा गएकाले विद्रोह र आक्रोश सरकार पक्ष कै पार्टीमा बढिरहेकोले बाध्यता बस वार्ताको कुरा आएको हो आफ्नै बद्नाम भएको सरकारले यतिखेर सोमप्रसाद पाण्डेको टोलीलाई सक्रिय पारेको त होइन राजनीतिक जिज्ञासा भने उठेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…