• देवदह । रुपन्देही जिल्लाको देवदह नगरपालिका निवासी विजय गुरुङ पेशाले सफल व्यवसायी हुन् । उनी पेशामा जति सफल छन् सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । देवदह क्षेत्रमा भएका हरेक विपत्तीहरुको सारथी बन्ने गरेका छन् गुरुङ । गाउँमा बाढीको प्रकोप होस या आगलागी जस्तो विनासकारी क्षति होस् उनी सधैँ अग्रसर भएर घटना स्थलमा पुग्ने गर्छन् । घटनास्थल पुग्दै गर्दा रमिते मात्र बनेर होइन आफुले सक्दो सहयोगको कुम्लो बोकेर पुग्ने गरेका छन् । अर्थात विपत्तीको पहिलो सारथी बनेर पुग्छन् ।
    देवदह जेसीजका संस्थापक अध्यक्ष सिनेटर गुरुङलाई सामाजिक अभियानमा लाग्ने प्रेरणा जेसीजले प्रदान गर्यो । जेसीज अभियानमा होमिएपछि मानवताको सेवा जीवनको सर्वाेतम कार्य भन्ने उदेश्यबाट प्रभावित बनेका गुरुङ त्यसयता निरन्तर रुपमा सामाजिक अभियानमा होमिएका छन् । यस क्षेत्रमा बाढी आवोस, आगलागी होस यति मात्र होइन २०७२ सालको भूकम्प जस्तो महाक्षतिमा पनि निरन्तर लागि परे । गुरुङ निरन्तर सामाजमा अग्रसर भएर उभिने गरेका छन् ।
    उनले चाहेका भए आफ्नो व्यवसायमा रमाउँदै आरामका साथ जीवन जिवन सक्ने थिए । तर, सानै उमेरदेखि जेसीज अभियानमा लागेर देवदह क्षेत्रमा जेसीजको जन्म गराउनु नै उनको धेय समाजको सेवा गर्नु थियो ।
    केही दिन अघि देवदह नगरपालिका वडा नम्बर १ विर्ता बजारमा आगलागी भयो । भुपाल पथरकत्ताको ९ जनाको परिवार बस्ने घर जलेर खरानी भयो । यो खबर सुन्न साथ उनी विभिन्न खाद्यय सामाग्री, लत्ताकपडा, भाडा वर्तन बोकेर प्रभावित क्षेत्रमा पुगे र पीडित परिवारलाई थोरै भए पनि मलहम लगाउने प्रयन्त गरे । उनलाई देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीले साथ दिए । क्षेत्री पनि देवदह जेसीजका संस्थापक कानुनी सल्लाहकार हुन् ।
    स्वयसेवी रक्तदाता समाज देवदहका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले यस अघि पनि यस्ता विपत्तीको सारथी बनेर पीडित परिवार समक्ष पुग्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…