• काठमाडौं, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सरकारले आफ्नो दललाई प्रधान शत्रुको व्यवहार गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक नेकपाले आफ्नो सांगठनिक संरचनामा व्यापक हेरफेर गरेको हो ।

    पछिल्लो दिनमा गुमनामजस्तै बनेका नेकपाका शीर्ष नेताले यस्तो कदम चालेसँगै राज्यविरुद्ध जाइलाग्ने नीतिमा पनि परिवर्तन ल्याएका छन् ।

    र, त गत साता बसेको स्थानीय समितिको बैठकले एक पोलिटब्युरो सदस्यसहित १८ जनालाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाएको छ ।

    पार्टी उच्च स्रोतका अनुसार, हटाइएको पोलिटब्युरो सदस्य कृष्ण धमला हुनुहुन्छ । यसैगरी आजाद केसी, भेषराज भुसाल, सन्ध्या, सम्झना घर्ती, बाबुराम विक, प्रतीक, मकर, उत्तम, असिनालगायतलाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाइएको छ ।

    पार्टीको यस्तो निर्णयले संगठनमा ठूलै भुइँचालो ल्याएको छ । यद्यपि बैठकले उहाँहरुलाई विभागको जिम्मेवारी दिने तय गरेको छ । स्रोत भन्छ– पार्टीको स्थायी समिति र पोलिटब्युरो पनि भंग गरी १२ जनाको सचिवालय निर्माण गरिएको छ ।

    तर, महासचिव चन्द र प्रवक्तामा खड्गबहादुर विश्वकर्मा यथावत् रहनु भएको छ । उसो त यसअघिका स्थायी समिति सदस्य चन्द, विश्वकर्मा, हेमन्तप्रकाश ओली (सुदर्शन), धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर सचिवालयमा हुनुहुन्छ ।

    यस्तै, वीरगंज र अनील शर्मा (विरही) सहितका पोलिटब्युरो सदस्यलाई पनि समेटेर सचिवालय गठन गरिएको स्रोतले जनाएको छ । सरकारले फागुन २८ बाट संगठनको गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

    त्यसपछि स्थायी समिति सदस्य हेमन्त ओली, पोलिटब्युरो सदस्य मोहन कार्कीसहत माथिल्लो स्तरका नेता–कार्यकर्ता पक्राउ पर्नु भएको छ ।

    पार्टीका नेता धमाधम पक्राउ पर्न थालेपछि अन्तरिक सूचना चुहाएको, गोपनीयता भंग गरेको लगायतका विषयमा उच्च नेतृत्व समक्ष उजुरी परेका छन् ।

    केही नेता पार्टीको निर्देशनविपरीत संचारमाध्यम तथा सरकारी निकायको सम्पर्कमा रहेकोमा पनि नेकपाले आन्तरिक रुपमा सूक्ष्म निगरानी गरिरहेको स्रोतको दाबी छ ।

    यसैबीच नेकपाकी महिला नेतृ तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय महासचिव धीरेन्द्र उपाध्याय भृकुटीलाई सोमबार प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो, विमर्शमा उल्लेख छ ।

    पूर्वसभासद् उपाध्याय नेकपाले गरेको बन्द आह्वानको पूर्वसन्ध्यामा पक्राउ पर्नुभएको हो । यसअघि उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई प्रहरीले साउन ४ गते मध्यराती काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…