• काठमाडौं, १७ साउन । सत्तारुढ नेकपाका दुई अध्यक्ष मध्ये पुष्पकमल दाहाल यतिबेला दुबईको सयरमा छन् । गत मंगलबार सपरिवार दुबई गएका हुन् ।

    नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली भने आज सिंगापुर जाँदैछन् । नेपालको राजनीतिक शक्तिलाई मुठीमा राखेका यी दुई पात्रको एकै समयको विदेश सयरलाई निकै रहस्यमय रुपमा लिइएको छ ।

    गत साता मात्रै भारतीय गुप्तचर एजेन्सी रअ का प्रमुखको नेपाल भ्रमण लगत्तै यिनीहरु विदेश पुगेकाले कुनै राजनीतिक खेल अन्तर्गत यो सब भइरहेको त छैन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

    यद्यपि व्यक्तिगत फाइदाका लेनदेन पनि भ्रमणभित्र लुकेका विषय हुन सक्दछन् भन्ने अनुमान पनि गरिदै छ । यिनीहरु यसअघि पनि यसैगरी कहिले सिंगापुर त कहिले बैंकक डुल्ने गर्दथे ।

    जहाँ विदेशी एजेण्टसँग उनीहरुको खुसामद हुने गरेको कुरा खुलासा हुने गरेको थियो । त्यसैले नेताद्वयको विदेश भ्रमण उच्च खोजीको विषय हुनुपर्दछ ।

    कि क्रान्तिको नाममा १७ हजार मान्छेको रगतमा होली खेलेर उदाएका दाहाल यतिबेला विश्वका धनाढ्यहरुको रोजाईमा पर्ने दुबईको एटलान्टिक होटलमा विराजमान छन् ।

    नेपालका कुनै सामन्त राजा महाराजाहरुले समेत नगरुेको सौख पूरा गर्ने गरी उनी उक्त होटलमा बसेका छन् । दाहालको दुबई भ्रमणको कुनै एजेण्डा जनतालाई थाहा छैन ।

    बजारमा चर्चा छ, दिवंगत छोरा प्रकाश दाहालको नाममा दुबईको कुनै बैंकमा २० अर्ब रुपैयाँ भन्दा बढी रकम रहेको छ । प्रकाशको अकस्मतको निधनपछि उक्त रकम कसरी नामसारी गर्नेे भन्ने चिन्तामा दाहाल रहेका छन् ।

    उनले त्यो कामको जिममा वामदेव गौतम मार्फत सल्टाउन खोजेका थिए । वामदेवका छोरा हरिस जो दुबईबाट सुन तस्करी गर्ने गर्दथे उनीमार्फेत रकमको व्यवस्थापन गर्न खोजिएको थियो ।

    उनले पनि नसकेपछि दाहाल आफैं रकम व्यवस्थापनका लागि कस्सिएर गएका हुन् भन्ने चर्चा व्यापक भएको छ । दाहालको राजनीति पछिल्लो चरणमा आफू सुरक्षित हुने र सम्पत्ति सुरक्षित गर्नेमा केन्द्रीय रहेकाले माथि उल्लेखित चर्चामा व्यापक सत्यता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

    तर, गत साता रअ का प्रमुख सामन्त गोयलसँग लामो वार्तालाप गरेकाले उनी सोही वार्तालाई थप गति दिन दुबई पुगेको हुनसक्ने विश्लेषण राजनीतिक कोणबाट गरिएको छ । भारतीय संस्थापन यतिबेला नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने दबाब अभियानमा छ ।

    हिन्दू राष्ट्र बनाउन नमाने हिन्दू अधिराज्य फिर्ता गराईदिने चेतावनी पनि भारतीयहरुले दिइरहेका छन् । जसबाट नेपालका कम्युनिष्टहरु त्रसित बनेका छन् । त्यसैले दाहाल भारतीयहरुसँग छलफलका लागि दुबई पुगेको विश्लेषण गरिएको हो ।

    अर्कोतर्फ प्रधानमन्त्री ओलीको पनि उही समयमा सिंगापुरको भ्रमण तय हुनु बाख्रो हराउनु र बाघ कराउनुको कागताली मात्रै पक्कै होइन भन्ने बुझ्न कठिन छैन ।

    अझै कतिसम्म विश्लेषण गरिदै छ भने चार दिन अघि दाहाल दुबई गएर गर्ने छलफलको अवस्था अनुसार ओली सिंगापुरमा थप छलपलका लागि जान लागेका हुन भन्ने अनुमान गरिएको छ ।

    दुबईमा दाहालले भारतीयहरुसँग गर्ने छलफलपछि ओलीले सिंगापुरमा चिनियाँ पक्षसँग वार्ता गर्नेगरी भ्रमण मिलाइएको हुनसक्ने संभावना उच्च छ ।

    नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा भारतीयहरुको जत्तिकै चासो चिनियाँहरुको पनि छ भन्ने खुल्दै आएको छ । त्यसमाथि अहिले चिनियाँहरु समेत नेपाल मामिलामा भारत के चाहन्छ भन्ने अवस्थामा पुगिसके ।

    नेपालका नेताहरुमाथि विश्वासै गर्न नसकिने भएपछि चिनियाँहरु भारतीय दृष्टिकोणबाट नेपाललाई हेर्न थालिसकेका छन् ।

    उच्च स्तरीय जानकार व्यक्ति तथा स्रोतहरुले यसअघि नै घोषणै गरिसेका छन् कि नेपालको वर्तमान सत्ता संरचना र प्रणाली फेर्नका लागि भारत र चीनबीच सहमति भइसकेको छ, नेपालीपत्रमा उल्लेख छ ।

    उक्त सहमति कार्यान्वयनको चरण सुरु हुन मात्रै बाँकी हो । भारतमा नरेन्द्र मोदी झन् शक्तिशाली बनेर आएपछि अब कार्यान्वयनको चरण शुरु हुने अपेक्षा पनि गरिएकै विषय हो ।

    तसर्थ नेकपाका अध्यक्षद्वयको विदेश यात्रालाई विश्राम वा उनीहरुको परिवारको घुमघामको सौख पूरा गर्ने अर्थमा सात्रै पत्याउने दास मानसिकता बोकेका अरिंगालहरुले मात्रै हो । स्वतन्त्र मान्छेले राजनीतिक खेलकै रुपमा बुझ्नु उचित हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…