• साउन १७, काठमाडौं । ३३ किलो सुन प्रकरण एवम् सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले एक जनाबाहेक सबैको हकमा उच्च र जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

    न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई १० लाख धरौटीमा धरौटीमा छोड्ने फैसला गरेको हो ।

    सुन र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए । अपराधिक समूह स्थापना सञ्चालन सुन चोरी पैठारी र चोरी निकासी अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा आरोपपत्र दायर भएको थियो । सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्धा लड्नुपर्ने छ।

    ३३ किलो सुन प्रकरणमा विवादास्पद फैसला गरेको भन्दै उच्च अदालतका ८ जना न्यायाधीशहरु समेत कारबाहीमा परेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…