• विराटनगर, १६ साउन २०७५ । मिनी नेपाल भनेर चिनिएको कतारमा यतिखेर गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको चुनावी सरगर्मी तात्दै गईरहेको छ । गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि सामाजिक अभियन्ता तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष तेज कटुवालले आकांक्षा राखेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनसीसी कतारको निर्वाचन आगामी अगष्ट २३ अर्थात गौरा पर्वको रमझममा श्रीकृष्ण जन्माष्ठमीका दिन भदौ ६ गते कतारमा हुँदैछ । भेदभाव, वैमस्यता र कुविचार नराख्ने स्वच्छ, शान्त र विशाल मनका धनि कटुवाल त्यही दिन आयोजना हुने एनसीसी कतारको लोकतान्त्रिक प्रक्रिया विधि अनुरुप हुने निर्वाचनमा अध्यक्षको प्रत्यासीका रुपमा उभिँदैछन् ।
    मोरङसुनसरी सेवा समाज कतारको साधारण सदस्य, क्रियाशिल सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएर सामाजिक अभियानमा राम्रो दखल र छविका साथ मौजुदा कार्यसमितिको उपाध्यक्षमा निर्वाचित भएका कटुवाल एनसीसीभित्र महासचिवको समेत कार्यभार वहन गरिसकेका व्यक्तित्व अबको निर्वाचनमा अध्यक्षका प्रत्यासी बन्ने पक्कापक्की भएको हो । वामपन्थी राजनीतिबाट प्रभावित बनेका कटुवाल नेपालको गाउँस्तरदेखि नै पार्टीभन्दा पनि सामाजिक अभियानबाट सबैका लागि भनेर काम गर्दै आएका व्यक्तित्व आर्थिक उन्नति र पारिवारिक समृद्धिसँगै राष्ट्रिय दुःख र सुखको साथी बन्ने मनसाया साथ कतारमा रहँदा पनि त्यहाँ आएका समस्याहरु, दुःख र पीडालाई आफ्नै सम्झेर सहयोग गर्ने र समन्वयात्मक ढंगले समस्या किनारा लगाउने क्षमता बोकेका राम्रो र दर्बिलो
    छवि र व्यक्तित्वका कारण सामाजिक अभियानमा उनको उचाई बढ्दै गएको छ ।

    कतारमा बसेर कमाएको सम्पत्ति नै त्यही इज्जत, प्रतिष्ठा र छविलाई मानेका कटुवालले एनसीसी कतारको अध्यक्षमा प्रस्तुत गरेको दावेदारी दावेदारी नभएर भोलिका दिनमा नेतृत्व लिन सक्ने हैसियत र सामथ्र्यसमेत बटुलिसकेका छन् । यसकारण पनि उनले आफ्ना घोषणापत्र र प्रतिबद्धता सार्वजनिक गर्दै आएका हुन् ।
    कटुवालले आफ्ना सामाजिक अनुभवसहित कतारको नेपाली समाजमाझ पस्केका प्रतिबद्धताहरु उनकै भाषामा प्रस्तुत गरिन्छ ।
    गैरआवासीय नेपाली अभियानमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरु, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरा उर्जा हुन् । यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने मेरो आकांक्षा सहित अध्यक्षको रुपमा मैले गर्ने कार्यगत योजनाहरुलाई निम्नानुसार प्रस्तुत गर्दछु ।

    https://www.youtube.com/watch?v=ioK9ex7nZzs&feature=share

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…