• काठमाडाँैं, साउन १७ गते । विभिन्न कारणले हाल रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन एकै पटक आगामी मङ्सिर १४ गते शनिबार मतदान हुने गरी मिति घोषणा भएको छ । जम्मा ३७ जिल्लामा विभिन्न ५० पदमा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
    हाल प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित कुल ५० पदमा पदका लागि उपनिर्वाचन हुने छ ।
    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि आयोगले तयारी अवस्थामा सुरु गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरिने जानकारी गोरखापत्रलाई दिनुभयो । आयोगले उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता पनि जारी गर्ने छ ।
    थियो ।
    आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले साउन १६ गतेको निर्णय अनुसार, स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले र प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले दलहरुसँगको परामर्शमा तोकेको बताउनुभयो ।
    वडाअध्यक्षभन्दा माथि उपनिर्वाचन
    प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाअध्यक्षको मात्रै उपनिर्वाचन हुने कानूनी व्यवस्था छ । स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको छ ।
    आयोगका अनुसार, गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो पद रिक्त छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो ।
    यसैगरी, प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरू तीनैजना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुुनुुहुन्थ्यो ।
    स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो । त्यस्तै, विभिन्न जिल्लामा गरी ४१ वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

    रिक्त पद सङ्ख्या

    तिनिधिसभा सदस्य १
    प्रदेशसभा सदस्य ३
    नगरपालिका प्रमुख १
    गाउँपालिका अध्यक्ष ३
    गाउँपालिका उपाध्यक्ष १
    वडाध्यक्ष ४१
    जम्मा ५०

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…