काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा गृहमन्त्री रामबहादुर थापाका छोराको हात रहेको गम्भीर आरोप लगाएका छन् ।
उनले कन्चनपुरबासीलाई पन्तको हत्याराको छानविनको लागि भन्दै गृहप्रशासनबाट दुख दिने काम भइरहेको र सिसि टिभीको फुटेजसमेत लुकाईको भन्दै गृहमन्त्रीलाई आफ्नै छोरामाथि छानविन गर्न चुनौती दिएका हुन् । नेपाली काँग्रेसको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।
नेता बस्नेतले आक्रोश पोख्दै भने ‘गृहमन्त्री रामबहादुर थापा हिजो बादल थिए होलान् तर अब ती बादलाई पोर्ने सक्ने चट्यान तरुण दल खडा भएको छ ।’
निर्मला पन्त हत्याकाण्ड चल्दा बादलका छोरा कंचनपुर थिएकी थिएनन्, उनीमाथि अनुसन्धान गर्नेकी नगर्ने उनले भने ।
https://www.youtube.com/watch?v=tQgcZ6OaKyQ&feature=youtu.be&fbclid=IwAR3jKVMnpx_iRsZLNFRslygjI84a36Nz3DEbDYlIeWL0xdDHmwayXh1yQnA
https://www.youtube.com/watch?v=mu9oxkWSJzg