• उर्लाबारी । उर्लावारी–३ स्थित मंगलबारे अस्पतालमा चरम लापारबाहीको हुने गरेको जनगुनासो बढिरहेको बेला कुकुर नै बेड मुनि सुत्ने गरेको तस्बिर सामाजिक सन्जालमा भाईरल भएको छ ।
    अस्पतालको ईमरजेन्सी वार्डमा सामुदायिक कुकुरहरू सुतिरहेको तस्बिर पत्रकार बिष्णु भट्टराईले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेपछि यसको सर्वत्र चर्चा भएको छ भने अस्पतालको आलोचना ।

    उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकष्मिक कक्षको बेडसम्मै निर्वाधरुपमा कुकुर पुगिरहेका छन् । त्यहाँ पुगेका कुकुर ढुक्कले सुत्छन् । विरामी सुताउने बेडमुनि कुकुरले ‘अड्डा’नै जमाएका भेटियो । स्थानीय सेवाग्राहीका अनुसार अस्पतालको फोहर व्यावस्थापन पनि नियमित हुँदैन । विरामीलाई झन् विरामी पार्ने फोहर व्यावस्थापन नभएका बेला कुकुर नै विरामी कुर्न आएको भन्दै स्थानीयले हाँसोका विषय बनाइरहेका छन् ।

    नम्बर ५ का वडाध्यक्ष तथा हस्पिटलका अध्यक्ष भानु पराजुलीले कर्मचारीहरुको लापरवाहि भएको बताए । यसलाई सुधार गर्न चासो दिने बताए ।

    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले यसअघि पनि हस्पिटलको अनुगमन गर्दा लापरवाहि भएको पाएको र सुधार गर्न निर्देशन दिएपनि यस्तो हुनु दुखद भएको बताए । हस्पिटलको भोलि नै स्थलगत अनुगमन गरेर प्रक्रिया मार्फत समिति र कर्मचारीमाथि एक्सन लिने बताए । स्मरण रहोस,उर्लाबारीका मेयर खड्ग फागोले एकसाता अघि हस्पिटलका फाहोर व्यवस्थापन,शौचालयका समस्याहरु सुधारका लागि यो कस्तो लापरवाहि भन्दै कर्मचारी,समितिलाई सचेत गराएका थिए । यो लापरवाहि सह्य नभएको भन्दै आफ्नो अधिकारमा रहेर कारवाहि गर्न अग्रसर हुने मेयर फागोले  बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…