• काठमाण्डौ । पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।

    गायिका राईको 'जुराईदेउ सोझो पोई' नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

    ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।

    लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो

    https://youtu.be/uOe9JY_Tz00

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…