• स्वागत पुन मगर,दमाम।

    २-अगष्ट,२०१९

    प्रवासी नेपाली एकता मञ्च साउदी अरबले रियादमा एक कार्यक्रम गरि मञ्चको महिला संयोजक कमरेड अम्बिका सापकोटा अधिकारीलाई बिदाई गरेको छ। उहाँ प्रवासमा रहेर पनि अाफ्नो बिचार र वर्गीय नातामा रहेर बैचारिक संगठनमा अाबद्ध भएर कृयाशिल रहनु भएको थियोे ।

    उक्त कार्यक्रममा मञ्चका संयोजक शिवराज जैसी कमरेड रवीकिरणको अध्यक्षतामा सुरु भएको थियो भने मञ्चका सचिव कमरेड राजु खनाल द्वारा संचालित उक्त कार्यक्रमलाई स्वागत मन्तब्य रियाद क्षेत्रीय प्रमुख सल्लाहकार रुपेश वाईवाले स्वागत गर्नु भएको थियोे ।भने मञ्चका केन्द्रीय सदस्य कमल शाही कमरेड निर्मल अमर श्रेष्ठ राम बहादुर क्षेत्री पुर्व सल्लाहकार बिमल गौतम रियाद क्षेत्रीय संयोजक गंगा गोदार रियाद सल्लाहकार कृष्ण बुढाथोकी र कमल बि क लगाएतका बक्ताहरुले कमरेड अम्बिका सापकोटा अधिकारीलाई शुभकामना तथा बिदाई मन्तब्य राख्दै बिदाई गर्नुभएको हो ।

    भने अम्बिका सापकोटा अधिकारीले अाफु नेपालमा रहे पनि अाफ्नो साउदी बसाइँ पूरा गरि नेपाल फर्केपछि पनि वर्गीय नाताले नजिक रहने र पार्टी संगठनका निमित्त जहिले पनि प्रतिबद्ध रहेको र अा अाफ्नो ठाउँबाट सबै गोलबद्ध हुनु पर्ने कुरामा जोड दिनुभएको थियोे । यसै गरि मञ्चका संयोजक कमरेड रवीकिरणले साउदी अरबमा पछिल्लो समय नेपाली श्रमिकहरु धेरै मार्कामा परेको छन। कतै नेपाली द्वारा नेपाली ठगिएका छन भने कतै कम्पनी मार्फत ठगिएका छन साथै नया अाउने श्रमिकहरु मेनपावर मार्फत ठगिएका छन। यसका निमित्त जन चेतनामूलक र हरेक कुरामा अाम नेपाली श्रमिकहरु सचेत र जागरुक हुन जरुरी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…