• झापा । नेपाली समाजमा वैवाहिक सम्बन्धलाई मानव जीवनको अमूल्य देनका रूपमा हेरिने परम्परा छ । पछिल्लो पटक पवित्र सम्बन्धको पर्याय रहेको वैवाहिक सम्बन्ध विकृत बन्न थालेपछि अपराधका लागि नयाँ मार्ग बन्न थालेको छ । राजी खुसिमा पारिवारिक सम्बन्धका रूपमा स्थापना हुने विवाह व्यक्तिगत लाभको माध्यम तथा बासनात्मक स्वार्थ पूर्तिको साधन मात्र बनाउने प्रबृत्तिले समाजमा अपराधका लागि नयाँ नयाँ मार्ग बन्न पुगेको हो ।

    भद्रपुरमा केही दिन अगाडि वैवाहिक जीवनमा प्रवेश गरेको महिना दिन पनि नवित्तै शालिन स्वभावकी युवती नयाँ अपराधको शिकार भइन् । घर परिवारको दोहोर सहमतीपछि अग्नी साक्षी राखेर विवाह गरेका श्रीमानले जवरजस्ती परपुरूषसितको सम्बन्ध स्थापित गर्न नजिककै नातेदार पर्ने व्यक्तिसित दिनदहाडै नङ्गेझार पारेर नव दुलहीको फोटो आपत्तिजन अवस्था जस्तो वातावरणमा खिची सार्वजनिक समेत गर्न सफल भए ।

    योजनाबद्ध रूपमा आएका श्रीमानले माइतीघरमा एक्लै रहेकी श्रीमतीलाई वाथरूममा नुहाइरहेको अवस्थामा ढोका फोरेर निकाली घरको बाहिरी बरण्डामा रहेका व्यक्तिलाई भित्र लगेर करणी गरेको जस्तो बनाएर फोटो खिची सार्वजनिक गरेपछि अपराधको नयाँ प्रवृत्ति प्रष्टिएको छ । श्रीमानले कुन आसय र कारणबाट नवविवाहिता श्रीमतीलाई नङ्ग्याउन खोजेका हुन् । समाजको खोजीको विषय बन्न सक्छ । तर, विना कसुर मानसिक यातना तथा सामाजिक प्रतिष्ठा गुमाउनुको पीडा तिनै युवतीले मात्र भोगिरहेकी छिन् । कानुनले न्याय देला नदेला तर समाजभित्र चर्चाको विषय बन्नु पर्दा मानसिक कुण्ठा पालेर बाच्नु पर्ने बाध्यता भने आइ लागिसकेको छ ।

    पीडितका अनुसार भद्रपुर ७ का खतिवडा परिवारले आफ्नी एक मात्र छोरी अमिताको विवाह शिवसतासी ८ का अधिकारी परिवारको छोरासि वैशाख १८ गते गरिएको थियो । बाबु आमा नगरपालिकाका सामान्य कर्मचारी भए पनि आफ्नो परिवारकी जेठी छोरीको विवाह कुनै कमी नराखी धक खोलेर गरे । छोरीको भविष्य उज्वल होला भन्ने कामना सहित नयाँ जीवन यात्रामा पढाइएकी छोरीले मधुमास अवधि पूरा गर्न नपाउँदै जीवनकै गम्भीर आरोप खप्नु परेको छ । अधिकारी परिवारले मागी विवाह गरेकी खतिवडा परिवारकी छोरीलाई परपुरूषसित सम्बन्ध रहेको प्रमाण भन्दै माइती घरमा रहेको बेला असार ८ गते बिहान १०.३० वजे श्रीमानले खनाल थरको पण्डितको नाम जोडेर बेइज्जत समेत गरे । वाथरूममा नुहाइ रहेकी श्रीमतीलाई केही दलबल सहित आएका श्रीमानले ढोका फोरेर जवरजस्ती बाहिर ल्याइ घरमा बसिरहेको पण्डीतसित नाङ्गेझार पारेर फोटो खिची सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गर्न भ्याए ।

    उनै श्रीमानले केही दिनयता श्रीमतीको फेसबुक आइ डी प्रयोग गर्दै खनाल थरका पण्डितलाई यौनाकर्षण गरिरहेका रहेछन् । तर, माइती घरमा रहेकी सोझी ती श्रीमतीलाई त्यो आपराधिक काम बारे जानकारी थिएन । बुबा आमा दिउँसो कार्यालयमा जाने भएका कारण घरका अन्य सदस्य नभएकाले उनी एक्लै बसेकी थिइन् । त्यो कुरा श्रीमानलाई थाहा थियो । त्यसको फाइदा उठाउदै श्रीमानले एक्ली श्रीमतीलाई बाध्यतामा रुमलेर परपुरूषसँगको सम्बन्ध पुष्टि गराउन पण्डितलाई जालमा पारेर बोलाएका रहेछन् । १२ जना मानिसको टोलीसहित ससुराली पुगेका अधिकारीले आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको पुष्टि गर्न दुई जनालाई समात्न लगाएर फोटो खिचिएको पीडितले जानकारी दिइन् ।

    त्यस बेला घरबाट एक्लै बाहिर समेत नहिड्ने शालिन छोरीमाथिको आरोप पत्याउन केही पनि तयार थिएनन् तर, खिचिएको फोटोले सवै चकित बन्नु पर्यो । पीडित परिवारले तत्काल निर्णय लिन सकेन । घरमा आफन्त नभएका बेला एकाएक टुप्लुक्क आउँने पण्डितलाई जवरजस्ती करणी प्रयास अपराधमा प्रहरीमा उजुरी दिएको पीडित परिवारले फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने अधिकारीलाई विद्युतीय कारोवार अपराधको मुद्धा दायर गर्नु पर्ने अवस्था आयो । दुई परिवार एक हुन जोडिएको वैवाहिक सम्बन्ध नयाँ अपराधको जन्म दिने कारण बनिएको छ ।

    यस घटनाका दुवै मुद्धा अदालती प्रकृयामा पुगी सकेका छन् । उक्त घटनापछि जीवनभरको सम्बन्धका रूपमा रहने वैवाहिक जीवन दुई महिनामै टुङ्गीने अवस्था आएको छ । रोजेर विवाह गरिएकी श्रीमतीलाई घर लगेको महिनादिन पनि पूरा नहुँदै विनाकारण जेठ २८ गते माइतमा छोडेर हिडेका श्रीमान एकाएक असार ७ गते श्रीमतीलाई लिएर बजार सयर समेत गरेको पीडितकी आमाको भनाइ छ । तर, भोलिपल्ट परिवारका सदस्य सहित एकाएक आएर छोरीलाई नाङ्गै बनाएर फोटो खिच्ने ज्वाइको नियतमाथि नमेटिने दाग बनिएको उनको दुखेसो छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…