• काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताएका छन्।

    आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको रक्षाका लागि सङ्घर्षका लागि तयार रहन निर्देशन दिए।

    सभापति देउवाले लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा आएको भन्दै काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए।

    प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको जिकिर गर्दै उनले जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा सङ्घर्षरत काङ्ग्रेस सडकमा समेत सङ्घर्ष आउन बाध्य हुने बताए।

    कार्यक्रममा काङ्ग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुङ्गाना, प्रा डा गोविन्दराज पोखरेल, काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…