• साउन १८, धरान । युवा पत्रकार तथा निर्देशक भिषण राईद्धारा निर्देशित नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ च्यारेटी सो आज शनिवार गोर्खा कम्प्लेक्स धरानमा गरिएको छ ।

    निर्दैशक राईका दौतरी तथा केन्द्रीय प्रविधि क्याम्पसको २०५५ सालको आइ एस सी ब्याचका विद्यार्थीले आयोजना गरेको च्यारिटी शो बाट उठेको रकमको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गरिने च्यारेटी सो का सम्योजक विजय अछामीले जानकारी दिए ।

    अछामीका अनुसार आफु पनि राईकै दौतरी २०५५ सालको आइएस्सी ब्याचका विद्यार्थी रहेकोले पनि सो चलचित्रको च्यारेटीमा सहयोगीको भूमिका निभाएको बताए ।

    चलचित्रका निर्देशक भिषण राईका अनुसार चलचित्र स्वदेशमा नै केही गरेर बस्न सकिन्छ भन्ने विषयमा बनाएको छ । चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला सुब्बा लगायत कलाकारकाे मुख्य भूमिका रहेको छ ।

    त्यसैगरी आज देखाईएको च्यमरेटी सो बाट उठेको रकम खर्च कटाएर समाजिक कार्यमा खर्च गरिने सम्योजक अछामी तथा निर्देशक राईले जानकारी दिएको भएपनि रकम के कति सामजिक कार्यमा खर्च गर्ने भन्नेबारे भने केही खुलाईएको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…