• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उर्लाबारी – ५ स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारणसभा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष ध्रुबचन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रमुख अतिथी मेयर फागोले सहकारी ऐन बनिसकेपनि कर्मचारी अभावमा कार्यान्वयन नभएको बताउनुभयो । उहाँले शेयर सदस्यहरुले जम्मा गरेको रकमलाई सदुपयोग गर्न सुझाव दिँदै सहकारीहरु आफ्नो उद्देश्यमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष तेजकुमार रिजालले सहकारीहरुले शेयर सदस्यको हितमा काम गर्न नसकेको बताउनुभयो । साधारणसभामा उर्लाबारी –५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, उर्लाबारी–७ का वडाध्यक्ष बिरबल थापा, नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता कार्कीलगायतले बोल्नुभएको थियो ।

    सभामा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, बाल बचतकर्ता, विद्यार्थी बचतकर्ता, उत्कृष्ठ कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । संस्थाको शेयर पुँजी ९९ लाख ८१ हजार ९ सय रहेको छ भने संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ११ करोड ५७ लाख ५०४ रुपैया निक्षेप संकलन गरेको थियो । संस्थामा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका गरी जम्मा २६ सय ५० जना शेयर सदस्य रहेका छन् ।

    https://www.youtube.com/watch?v=zkGpUaSvano&t=15s

    https://www.youtube.com/watch?v=0DRqTOoh3v8

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…